×

NMB BANK
NIC ASIA

कामचोर ठेकेदार

बुटवल–नारायणगढ सडक अलपत्र : १७ अर्बको आयोजनाको प्रगति ४२ महिनामा १८ प्रतिशत मात्र

साउन १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

महेन्द्र राजमार्गअन्तर्गतको नारायणगढ–बुटबल सडक खण्ड निर्माण सकिनुपर्ने समय आइपुग्न लाग्दा पनि आयोजना भने अस्तव्यस्त र अलपत्र अवस्थामै छ । 

Muktinath Bank

सरकारले एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विस्तार गर्न थालेको यो सडक निर्माण सकिनुपर्ने समयसम्ममा जम्मा १८.४४ प्रतिशत मात्रै प्रगति भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नारायणगढबाट पश्चिमतर्फ दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४८.५ किलोमिटरमा सडक निर्माण गर्न सरकारले ४२ महिनाअगाडि चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सनलाई जिम्मा दिएको थियो । दुवै खण्ड गरी ११३ किलोमिटरको यो सडक स्तरोन्नति गर्न एउटै ठेकेदारले दुईवटा प्याकेजमा १७ अर्ब रुपैयाँ खर्चने जिम्मा पाएको हो ।


Advertisment
Nabil box
Kumari

उक्त सडक बनाउन ४ पुस २०७५ मै ठेक्का लागेको थियो । यसको ठेक्का समय यही २२ साउनमा सकिँदै छ । 

Vianet communication
Laxmi Bank

सडकको दुवै खण्डको प्रगति कमजोर छ । पश्चिम खण्डमा २० प्रतिशत र पूर्वी खण्डमा जम्मा १८ प्रतिशत मात्रै काम भएको बुटवल–नारायणगढ सडक आयोजनाले जानकारी दिएको छ ।

यो सडक विस्तारमा ठेकेदारले कामै नगरेको र सन्तोषजनक नतिजा नआएको भन्दै बुधवार बसेको संसद्को विकास समितिको बैठकले ठेक्का रद्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदीय समितिले निर्माण कार्य सन्तोषजनक नभएको भन्दै उक्त सडक आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएको छ ।

संसदीय समितिले यो सडक आयोजनको दुवै खण्डको प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरूसँग छलफल गरेर निस्किएको निष्कर्ष आधारमा उक्त निर्देशन दिएको बताएको  छ । समितिले कामै नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गरेर तत्काल नयाँ प्रक्रियामा जान भनेको छ ।

यो सडक आयोजनाका पश्चिम खण्डका आयोजना प्रमुख प्रदीपराज शाक्यले ठेकेदार कम्पनीलाई समयमा नै साइट क्लियरेन्स गरेर जिम्मा दिन नसकेको र दुई वर्षदेखिको कोभिड महामारीका कारण प्रगति हुन नसकेको बताए । 

यो सडक अहिले २ लेनको छ । यसलाई विस्तार गरेर शहरी क्षेत्र पर्ने २८ किलोमिटरलाई ६ लेनको बनाउनुपर्ने छ । दाउन्नेदेखि बर्दाघाटसम्मको १० किमी क्षेत्रमा ३ लेनको मात्रै हुने छ भने बाँकी क्षेत्रमा ४ लेनको एसियन स्ट्यान्डर्ड हाइवे बनाउने गरी सम्झौता भएको आयोजना प्रमुख शाक्यले जानकारी दिए । यस सडकको पूर्वीखण्डमा ११ किमी र पश्चिम खण्डमा १७ किमी सडक ६ लेनको बनाउनुपर्नेछ ।

किन भयो निर्माणमा ढिलासुस्ती ?

यो सडक निर्माणको ठेक्का लागेपछि सडक किनारामा पर्ने रुख काट्न र पोल सार्नमा समस्या भयो । विगतको अभ्यासजस्तै साइट क्लियर गर्दै काम गर्न ठेक्का लगाएको भएपनि यो आयोजनामा अनुमान गरेभन्दा बढी रुख काट्नुपर्ने भएका कारण समस्या सिर्जना भएको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए । 

उनले भने, ‘आयोजना शुरू भएको १० महिनासम्म रुख काट्न ढिलो भएको देखिएको छ । ठेक्का लागेपछि काट्नुपर्ने रुख बढी देखिएको र वन मन्त्रालयको सहमति आउन ढिलो हुँदा आयोजना नै ढिला हुन पुगेको देखिएको छ ।’

रुख काट्न सहमति पाएर काम अगाडि बढ्ने बेलामा फेरि कोरोना महामारी शुरू भएको र त्यसको कारण पनि ठेकेदारले काम गर्न नपाएको देखिएको सडक विभागको भनाइ छ । यो सडक निर्माणमा कम प्रगति भएको स्वीकार गर्दै ठेकेदार कम्पनीले समय थप गर्न माग गरेको छ ।

ठेकेदारले थप २ वर्षको समय मागेको छ । अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल गरेर र एडीबीकै स्वीकृति लिएर समय थप गर्नुपर्ने भएकाले करीब एकवर्ष समय थप हुन सक्ने देखिएको विभागको भनाइ छ । सो अनुसार समय थप हुने वा नहुने भन्ने विषयमा निर्णय भइसकेको छैन । 

यो आयोजनाको ठेक्का रद्द भएको अवस्थामा पुनः ठेक्का गर्दा लागत बढ्ने, समय बढी खर्च हुने र आयोजना निर्माणमा भएको ढिलाइले सडक प्रयोगकर्ता आम सर्वसाधारणले पाउने दुःख बढ्ने हुँदा ठेक्काको म्याद थप गरेर निर्माणमा जानुपर्ने सुझाव भने सडक विभागले दिएको छ । 

यो सडक निर्माण गर्न करीब १३ हजार रुख काट्नुपर्ने र १५ सयभन्दा बढी पोल सार्नुपर्ने थियो । शुरूआती अवस्थामा साइट क्लियर नभएकै कारण आयोजना अगाडि बढ्न ढिला भएको र पछिल्लो समय कोभिडका कारण ठेकेदारले काम गर्न नसकेको बताएको सडक विभागले जानकारी दिएको छ ।

यो आयोजना बनाउन ८४.५ प्रतिशत ऋण एडीबीको हो भने बाँकी १४.५ प्रतिशत नेपाल सरकारले हाल्नुपर्ने रकम हो । यो आयोजना बनाउन पश्चिमतर्फको सडक बनाउन ७ खर्ब ८६ करोड रुपैयाँ खर्च गर्ने गरी ठेक्का लागेको थियो । १७ अर्ब रुपैयाँमध्ये बाँकी रकम पूर्वी खण्डका लागि हुने गरी ठेक्का लागेको पनि विभागले जानकारी दिएको छ । 

यो सडक शिलान्यास भएको ५७ वर्षपछि स्तरोन्नति गर्न थालिएको हो । यो सडक निर्माण भएको ५ वर्षसम्म आवश्यक मर्मत पनि ठेकेदार कम्पनीले नै गर्नुपर्ने छ । 

रुपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ वटा जिल्ला भएर गएको छ । यो सडकसँगै २१ वटा नयाँ पुल पनि बनाउनुपर्ने सडक विभागले जानकारी दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x