२१ जेठ २०८३, बिहीबार
चुनावको मिति घोषणाको तयारी

प्रचण्डलाई देउवाको फोन– चुनावको मिति घोषणा गर्दैछु, सहमति चाहियो

प्रचण्डलाई देउवाको फोन– चुनावको मिति घोषणा गर्दैछु, सहमति चाहियो

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणाका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति मागेका छन् ।

प्रधानमन्त्री देउवाले बुधवार फोन गरेर बिहीवार (आज) चुनावको मिति घोषणाका लागि सहमति मागेको प्रचण्डले खुलासा गरेका हुन् । जवाफमा आफूले एकदुई दिन कुर्न आग्रह गरेको प्रचण्डले बताए ।

प्रेस संगठनका पूर्व पदाधिकारीसँग बिहीवार भएको भेटमा प्रचण्डले भने– ‘हिजो म एउटा कार्यक्रममा रहेको समयमा प्रधानमन्त्रीले फोन गरेर भोलि (बिहीवार) चुनावको मिति घोषणा गर्ने तयारी गरेको छु भन्नुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै प्रचण्डले भने, ‘नागरिकता विधेयकलगायत संसद्मा बाँकी रहेका विधेयक पारित गरेर एकदुई दिनमा चुनाव घोषणा गर्नुहोला भनेर मैले सुझाव दिएको छु ।’

मन्त्रिपरिषद्को बैठक बिहीवार बस्दैछ । तर, आज चुनावको मिति घोषणा हुने सम्भावना कम रहेको प्रचण्डले बताए । ‘मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गर्ने तयारी छ, एकदुई दिनमै मिति घोषणा हुन्छ,’ प्रचण्डले भने । 

निर्वाचन आयोगले मंसिर २ गते एकै चरणमा चुनाव गर्न प्रस्ताव गरेको थियो । 

अध्यक्ष प्रचण्डले चुनावमा यही गठबन्धनबीच चुनावी तालमेल हुने समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्