२६ असार २०८३, शुक्रबार

प्यारासुट नेचुराल स्याम्पुले शुरू गर्‍यो ‘सँगीको साथ साउन’ योजना

प्यारासुट नेचुराल स्याम्पुले शुरू गर्‍यो ‘सँगीको साथ साउन’ योजना

प्यारासुट नेचुराल स्याम्पुकोले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो “सँगीको साथ साउन” नामक एक महिने क्याम्पेन शुरू गरेको छ । उक्त क्याम्पेन मार्फत, ब्राण्डले बृहत सेवाग्राहीहरुसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य लिएको छ ।

“सँगीको साथ साउन” विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरुमा आधारित महिला मित्रहरुमा केन्द्रित अभियान हो । 

प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामाग्रीहरु ः रातो हेबिस्कस, हेना, एलोभेरा र नरिवल मिल्क प्रोटिन आदिबाट तयार गरिने हुनाले पनि साउन महिनामा यो क्याम्पेन अझ सान्दिर्भिक छ ।

तसर्थ ः अभियानको मूल भाबलाई ब्राण्ड र प्रकृतिको बिशेष गुणसँग पंक्तिबद्ध गर्दै प्यारासुट स्याम्पु बृहत दर्शकहरुसँग आफ्नो सम्बन्धमा अझ सामिप्यता, प्रगाढता र मधुरयर्ता थप्ने उद्धेश्य राख्दछ । 

“सँगीको साथ साउन” आफ्नो पूर्व–अभियान “केमिकललाई भनौं नो, प्राकृतिकलाई भनौं यस” को बिस्तारित अभियान पनि रहेको कम्पनीले जनाएको छ ।

प्यारासुट स्याम्पु प्राकृतिक विशेषताहरुले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरुलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई यो अभियानले अझ प्रस्ट्याएको कम्पनीको भनाइ छ ।

क्याम्पेनमा आकर्षणका थप पाटोहरु थप्न, ब्राण्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्टहरुको पनि आयोजना गर्नेछ, जसमा दर्शकहरुलाई आकर्षक उपहार र गिभअवेहरु दिइने कम्पनीको भनाइ छ । 

प्यारासुट नेचुरालले अभियान भरिनै यस प्रकारको रमाइलो गतिविधिहरु आयोजना गरिरहनेछ । 

यसका साथै, प्यारासुटले सोसीयल मिडिया इन्फ्लुयेन्सरहरुसँग उपहार अभियानका लागि पनि सहकार्य गर्नेछ, जसमा टिकटक इन्फ्लुयेन्सरहरुले ब्राण्डको बारेमा भिडियोहरु पोस्ट गर्नेछ र आफ्ना फ्लोअरहरुलाई उपहार दिनेछ ।

प्यारासुट नेचुराल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेड अन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्राण्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, हेना, रेड हिबिस्कस र एलोभेरा जस्ता प्राकृतिक सामाग्रीहरुको मात्र प्रयोग गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्