×

NMB BANK
NIC ASIA

लुम्बिनीमा कार्यकाल सकिने बेला संसदीय समितिले पायो पूर्णता

साउन १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राजनीतिक खिचातानी र सत्ता अदल–बदलले झण्डै डेढ वर्षदेखि नेतृत्वविहीन लुम्बिनी प्रदेशका संसदीय समितिहरूले बल्ल पूर्णता पाएका छन् । कार्यकालको अन्तिममा आएर ‘मिनी संसद’ रूपमा मानिने विषयगत समितिलाई पूर्णता दिइएको हो । प्रदेशसभाको कार्यकाल आउँदो मंसिरमा सकिँदैछ । 

Muktinath Bank

लामो समयदेखि विषयगत समितिहरू नेतृत्वविहीन हुँदा प्रदेश सरकारले गर्ने काम कारबाहीको अनुगमन रोकिएको थियो । बिहीबार चारवटै समितिका सभापति निर्विरोध चयन भएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरकाले चारवटै समितिको नेतृत्व निर्विरोध चयन भएको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तोकिएको समयमा सभापतिमा चार जनाको मात्र उम्मेदवारी परेको हो । पुनका अनुसार समितिमध्ये ३ वटा नेकपा एमाले र एउटाको नेतृत्व राष्ट्रिय जनमोर्चाले पाएका छन् । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभाको सार्वजनिक लेखा समितिको सभापतिमा एमाले कपिलवस्तुका सांसद विष्णु पन्थी निर्विरोध भएका छन् । त्यस्तैगरी सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम र कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल निर्विरोध भएका छन् । अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा जनमोर्चाकी ताराकुमारी जिसी निर्विरोध भएकी छन् । 

Vianet communication
Laxmi Bank

समितिमा निर्वाचित सदस्यहरूको सपथ ग्रहण कार्यक्रम शुक्रवार राखिएको छ । सार्वजनिक लेखा समितिका सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज र गीता थापा रहेका छन् । 

त्यस्तै सामाजिक विकास समिति सदस्यमा कमलादेवी विक, चिन्तवती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कानौडिया, पुष्पा थरूनी, तेजबहादुर ओली, दीपा विक सदस्य छन् । 

कृषि वन तथा वातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारू, चेतनारायण आचार्य, कूलप्रसाद पोखरेल, अष्ठभुजा पाठक, रून्द्रावती शर्मा, दिपेन्द्रकुमार पुन मगर, लौटी थारू सदस्य छन् । 

अर्थ उद्योग पर्यटन समितिमा थानकुमारी चापागाईं, भगवतीदेवी भण्डारी, दीपेन्द्रकुमार अधिकारी, तुलसी चौधरी, लिला गिरी, युवराज खनाल, भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मोहम्मद याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्तीमगर र निर्मला मुडवरी छन् ।

विषयगत समितिमध्ये अर्थ उद्योग पर्यटन विकास समितिको सभापति प्रदेशसभामा एक सदस्य रहेको जनमोर्चाले पाएको छ । गठबन्धन सरकारलाई समर्थन गरेबापत जनमोर्चाले विकास समितिको सभापति पाएको हो । गठबन्धनलाई मत दिएर सरकार बनाउन सहयोग गरे पनि जनमोर्चा सरकारमा गएको छैन । प्रदेश सभा बैठकमा पनि जनमोर्चाकी प्रदेश सभा सदस्य तारा जिसी विपक्षी दलको कुर्सीमा बस्ने गरेकी छन् ।

अन्तिम समयमा आएर भएपनि समितिले पूर्णता पाएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । ‘हामीले छलफलबाटै नेतृत्वमा सहमति गरेका हौँ’ नेता ढकालले भने, ‘समितिमा रोकिएका विधेयक र अन्य अनुगमन तथा निगरानीका काम अघि बढ्नेछन् ।’ 

प्रदेशसभामा ६ वटा समिति छन् । भौतिक पूर्वाधार तथा विकासमा समितिमा ढाँटी सुनार र प्रदेश मामिला तथा कानून समिति दामा कुमारी शर्मा सभापति छिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x