२२ असार २०८३, सोमबार

विशेषज्ञ वडा क्लीनिकबाट २६३ जनाले लिए उपचार सेवा

विशेषज्ञ वडा क्लीनिकबाट २६३ जनाले लिए उपचार सेवा
प्रतिकात्मक तस्वीर

कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लीनिकअन्तर्गत धनगढी–७ बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा २६३ जनाले उपचार सेवा लिएका छन् ।

बुधवारको क्लीनिकमा जनरल फिजिसियनको २०० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको ६३ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

प्रयोगशाला सेवा लिनेको संख्या ४८ र अल्ट्रासाउन्ड सेवा लिनेको संख्या ७ छ । उपमहानगरपालिकाले साउन १ गतेबाट विशेषज्ञ वडा क्लीनिक सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

नगरवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सक सहितको वडा क्लीनिक सेवाको शुभारम्भ गरिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।

क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्