१४ असार २०८३, आइतबार

गाँजासहित भरिया पक्राउ

गाँजासहित भरिया पक्राउ

३६ केजी गाँजासहित एक जना भरियालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमवार मध्यरातमा भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो । 

मोरङ जहदा गाउँपालिका –२ हरीनगराबाट प्लास्टिकमा प्याक गरी टाउकोमा बोकी लाँदै गरेको गाँजासहित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेको गुरुङ भरिया भएको प्रहरीले जनाएको छ । 

केही रकम पाउने लोभमा उनले तस्करीको गाँजा गन्तव्यसम्म पुर्‍याउने जिम्मा लिएका खुलेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रवार मात्रै बन्दाकोपी बोकेर भारततिर जान लागेको ट्रकबाट १५६ केजी गाँजा बरामद गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्