२४ असार २०८३, बुधबार

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक ५ दिन स्थगित

एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक ५ दिन स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक ५ दिनका लागि स्थगित भएको छ । एमालेको आग्रहपछि प्रतिनिधि सभा बैठक आइतवार सम्मको लागि स्थगित गरिएको हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पार्टी कामको शिलशिलामा काठमाडौं बाहिर रहने भन्दै एमालेले ५ दिन संसद बैठक नराख्न आग्रह गरेको थियो । ‘एमालेको आग्रहपछि बैठक ५ दिनका लागि सारिएको हो’ सचिवालय स्रोतले भन्यो । 

प्रतिनिधि सभाको बजेट अधिवेशनमा नागरिकतालगायत केही महत्वपूर्ण विधेयक पारित भइसकेका छन् । विचाराधीन अन्य केही विधेयक यसै अधिवेशनमा पारित गर्ने तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्