२९ असार २०८३, सोमबार
अख्तियारलाई सफलता

६ लाख घुस लिन सरकारी गाडीमै रेस्टुरेन्ट पुगे मन्त्रालयका उपसचिव अनि अख्तियारको फन्दामा

साउन १७, २०७९
६ लाख घुस लिन सरकारी गाडीमै रेस्टुरेन्ट पुगे मन्त्रालयका उपसचिव अनि अख्तियारको फन्दामा
प्रतिकात्मक तस्वीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन् ।

काठमाडौंको नागपोखरीस्थित अरोरा रेस्टुरेन्टबाट उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ परेको हो ।

बा१४झ ९९४६ नम्बरको मन्त्रालयको सरकारी गाडीमा उनी घुस लिन रेस्टुरेन्ट पुगेका थिए । उनी मन्त्रालयमा सिनियर ट्राफिक कन्ट्रोलर रहेका जनाइएको छ ।

मन्त्रालयमा आउने सेवाग्राहीलाई दुःख दिने, धम्क्याउने गरेर उपसचिव नेपालले घुस लिने गरेका गुनासोको आधारमा अख्तियारले कारवाही गरेको हो । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सेवाग्राहीबाट घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको छ ।

उपसचिव नेपालले प्रयोग गरेको सरकारी गाडीबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रकम समेत बरामद गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्