
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलोसीको ताइवान भ्रमणपछि चिढिएको चीनले भोलि बुधबारदेखि तीनदिने सैन्य अभ्यास गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले ताइवान सीमाक्षेत्र वरीपरी ‘लाइभ फायर’ अभ्यास गर्न लागेको हो । सैन्य अभ्यास हुने क्षेत्रमा गैरसैनिकदेखि जहासम्मलाई प्रवेश निषेध गरिएको चिनियाँ राज्य नियन्त्रित मिडियालाई उदृत गर्दै बीसीसीले जनाएको छ ।
उसो त पोलोसीको भ्रमणको विरोधमा चीनले मंगलबार नै विस्कुटसहितका ३५ ताइवानी वस्तुको निकासीमा रोक लगाएको छ । जुन हङकङलगायत ताइवान र चीनको प्रमुख व्यापारिक वस्तु हुन् । सन् २०२१ मा ताइवानले ६४६ मिलियन डलरभन्दा बढीको विस्कुट निर्यात गरेको थियो । चीनको यो निर्णय लम्बिएमा ताइवानी सयौँ कम्पनीहरु प्रभावित हुने समाचारमा उल्लेख छ ।
यसैबीच ताइवानी सञ्चारमाध्यमले अमेरिकी सभामुख र ताइवानी राष्ट्रपतिबीच बुधबार भेटवार्ता हुने भएको छ । बुधबार बिहान ताइवानी राष्ट्रपति त्साई इंगवेनबीच भेटवार्ता हुनेछ । लन्चपछि भने उनले ताइवान छाड्नेछिन् । यो भ्रमण अमेरिका–ताइवान साझेदारी थप बलियो बनाउने रणनीति रहेको बताइएको छ।