
घरेलु टोली जिम्बावेले बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
हरारेमा मंगलवार भएको तेस्रो तथा अन्तिम खेलमा १० रनको जीत निकाल्दै घरेलु टोलीले सिरिज २-१ ले जितेको हो।
जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।
त्यसअघि ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५६ रन बनाएको थियो ।