
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानप्रति अमेरिकाको प्रतिवद्धतालाई नत्याग्ने बताएकी छन् ।
ताइवानकी राष्ट्रपति त्साई इंगवेनको भेटमा बुधवार बिहान उनले ताइवान अमेरिकाको नजिकको साझेदार रहेको समेत बताइन् ।
ताइवान अमेरिकाको स्थायी मित्र भएको उल्लेख गर्दै पेलोसीले स्थायी मित्रतामा गर्व गर्छौं भन्ने कुरा स्पष्ट रुपमा बताउन आफू ताइवान आएको बताएको बीबीसीले जनाएको छ ।
उनले ताइवानसँग अमेरिकाको ऐक्यवद्धता महत्वपूर्ण रहेको समेत बताइएकी छन् ।
उनले ताइवानको प्रतिनिधि मणडलप्रति गर्वानुभूति भएको समेत उल्लेख गरेकी छन् ।