२६ जेठ २०८३, मंगलबार

बस्तीमा सप्तकोसीको बाढी पसेपछि चौपाया र बालबच्चा लिएर स्थानीयले गाउँ छाडे, उद्धार हुँदै

बस्तीमा सप्तकोसीको बाढी पसेपछि चौपाया र बालबच्चा लिएर स्थानीयले गाउँ छाडे, उद्धार हुँदै

सप्तकोसी नदीको बाढी उदयपुरको वेलका नगरपालिकाका–३, २, १, ९, ८ का बस्तीमा पसेपछि स्थानीयहरू विस्थापित भएका छन् ।

बाढी गाउँ बसेपछि चौपाया र बालबच्चा लिएर स्थानीयले गाउँ छाडेका छन् ।

सप्तकोसी नदीको बाढी गाउँ पस्दा अनुमानित ८००–९०० घरधुरी विस्थापित भएका नगर उपप्रमुख जिरा राईले जानकारी दिइन् । 

प्रभावित क्षेत्रका वासिन्दालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।

वेलका नगरपालिका प्रदेश सरकारका मन्त्री, प्रमुख जिल्ला अधिकारी (सीडीओ), स्थानीय जनप्रतिनिधिसहित बैठक बसिरहेका छन् ।

नगर उपप्रमुख राईले भनिन्, ‘तत्काल उद्धारमा प्राथमिकता गरिरहेका छौं, साँझसम्म सुरक्षित ठाउँमा व्यवस्थापन गर्छाैं । रेडक्रस, प्रदेश सरकार, स्थानीय सरकार सबैले सहयोगका लागि काम गरिराख्नुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्