२१ जेठ २०८३, बिहीबार

गढी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न माग

गढी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न माग

सुनसरीको गढी गाउँपालिकामा आधारभूत अस्पतालको निर्माण गरी पुनः सञ्चालन गर्नुपर्ने स्थानीयले माग गरेका छन् । 

नागरिक समाज औरावनी सुनसरीले गाउँपालिका क्षेत्रभित्र अस्पताल नहँुदा समस्या हुँदै आएकाले संघीय सरकारको नीतिअनुसार गत वर्ष गढी–२ मा सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको भए पनि अस्पताल निर्माणको काम अगाडि नबढेको भन्दै तत्काल निर्माण गर्नुपर्ने माग गरेका छन् ।

गढी गाउँपालिका–२ का सोभन यादवका नाति श्रीप्रसाद यादवका छोरा विश्म्बर यादवले संघीय सरकारको नीतिअनुसार गत वर्ष नै सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि १६ कट्ठा जग्गा दान गरेको र शिलान्यास गरिएको तर हालसम्म काम अगाडि नबढेकाले स्थानीय र नागरिक समाजको ध्यानाकर्षण भएको स्थानीयवासी देवी काजीले बताए ।

गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको १ वर्ष बढी बित्दा समेत निर्माणका लागि बोलपत्र नभएकाले काम अगाडि बढाउन तत्काल नयाँ बोलपत्र आह्वान गरी अस्पताल निर्माणको स्थानीयवासी मुवारक खाँणले माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्