२१ जेठ २०८३, बिहीबार

पूर्वी एसियामा अशान्ति मच्चाएर ताइवानबाट हिँडिन् पलोसी

साउन १८, २०७९
पूर्वी एसियामा अशान्ति मच्चाएर ताइवानबाट हिँडिन् पलोसी

अमेरिकी सभामुख न्यान्सी पलोसी बुधवार ताइवानबाट उडेकी छन् । 

एसिया भ्रमणको क्रममा उनी दक्षिण कोरिया र जापानतर्फ गएकी हुन् ।

चीनको घोर आपत्तिका बावजूद पलोसी मंगलवार राति ताइवान पुगेकी थिइन् । उनले बुधवार बिहान ताइवानको संसद्लाई सम्बोधन गरिन् । पछि उनले ताइवानकी राष्ट्रपति त्साई इङ–वनसँग सार्वजनिक भेटघाट समेत गरिन् ।

पलोसीको भ्रमणपछि चीनले ताइवानलाई नाकाबन्दी गर्ने उद्देश्यले युद्धपोतहरू तैनाथ गरेको छ । अहिले समग्र पूर्वी एसिया तनाव चर्किने भयो भनी चिन्ता गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्