२४ असार २०८३, बुधबार

बैंकले ३०% सम्म मात्रै नगद लाभांश दिन पाउने व्यवस्था हट्यो, अब क्षमताअनुसार बाँड्न पाउने

बैंकले ३०% सम्म मात्रै नगद लाभांश दिन पाउने व्यवस्था हट्यो, अब क्षमताअनुसार बाँड्न पाउने

बैैंक तथा वित्तीय संस्थाहरूले ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन पाउने व्यवस्था हटाएको छ ।

केन्द्रीय बैंकले बुधवार जारी गरेको एक एकीकृत निर्देशनअनुसार गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन पाउने गरी सीमा तोकेको थियो ।

यस्तो सीमागत आव २०७८/७९ को नाफाका लागि लागू नहुने भएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार अब गत वर्षको नाफाबाट बैैैंक तथा वित्तीय संस्थाहरूले क्षमताअनुसार नाफा बाँड्न पाउने भएका छन् । गत वर्ष लगाएको ३० प्रतिशत नगद र ७० प्रतिशत बोनश शेयरको सीमा हटाएपछि अब भने क्षमताअनुसार नगद लाभांश बाँड्न पाउने भएका छन् । 

यस्तो नगद लाभांश इजाजतपत्र प्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याज दरको प्रतिशतभन्दा बढी नहुने जनाएको थियो ।

खुद वितरणयोग्य मुनाफा कूल चुक्तापुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागिबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्था हटाएको छ ।

यस्तो छ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन –

salt training

कमेन्ट गर्नुहोस्