साउन २६, २०७९
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका ...
काठमाडाैं | साउन २०, २०७९
विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको मङ्कीपक्सको अवस्था र जोखिम विषयक अन्तरक्रिया कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुख राजेश पाण्डवले नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताए । यद्यपि भाइरसबाट हुने एक किसिमको सरुवा रोग मङ्कीपक्स भने हालसम्म नेपालमा देखिएको छैन ।
भारतमा मङ्कीपक्सका बिरामी भेटिनु र खुला सीमा भएकाले सङ्क्रमितले सजिलै नेपाल प्रवेश पाउने भएकोले पनि उच्च जोखिम रहेको हो । भारतमा अहिलेसम्म नौ जना मङ्कीपक्सका सङ्क्रमित फेला परिसकेका छन् ।
यस्तै अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशबाट पनि नेपालमा पर्यटक आउने सक्ने भएकाले जोखिम बढेको डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा चथुरा इदिरीसुरियाको भनाइ छ । “यी ठाउँबाट नेपालमा सजिलै पर्यटकको आउजाउ धेरै भएको पाइन्छ”, उनको भनाइ छ, “त्यसैले नेपाल पनि मङ्कीपक्सको जोखिममा छ ।”
असी देशका करिब २४ हजार मानिसमा मङ्कीपक्सको सङ्क्रमण फैलिएको डब्लुएचओले जनाएको छ ।
रोग सार्नेमध्ये ९७ दशमलव पाँच प्रतिशत सङ्क्रमण पुरुष पुरुषबीच हुने यौन सम्पर्कबाट सर्ने गरेको पाइएको डब्लुएचओले जनाएको छ । तीमध्ये ३८ प्रतिशतमा एचआइभी पोजिटिभ पाइएको छ ।
डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा इदिरीसुरियाका अनुसार यस रोगको सङ्क्रमण एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्रमा सार्ने सक्ने भएकोले एक महिनासम्म आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।
डब्लुएचओ नेपालका स्वास्थ्य आपत्काल कार्यक्रम प्रमुख डा एलिसन गोकोटानोले भारतमा मङ्कीपक्सको बिरामी देखिएकोले खुला सिमानाका कारण नेपालमा सजिलै मङ्कीपक्सको सङ्क्रमण देखिने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले छिमेकी मुलुकमा देखिएसँगै नेपाल पनि मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताए ।
उनले अहिलेसम्म शङ्कास्पद चार वटा नमूना परीक्षणमा मङ्कीपक्स रोग नदेखिएको जानकारी दिए । डब्लुएचओले मङ्कीपक्स सङ्क्रमणको परीक्षण गर्नका लागि २५० किट उपलब्ध गराएको छ । अहिले सोही किटमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मङ्कीपक्सको परीक्षण हुने गर्दछ ।
डब्लुएचओका जनस्वास्थ्य विज्ञ डा शीतल अधिकारीले मान्छेबाट मान्छे र जनावरबाट मान्छेमा यो रोग सर्ने गरेको बताए । उनले छाला र मुखमा रहेको दाग, बिमिरा फुट्दा र नजिक रहेको व्यक्तिमा मङ्कीपक्स रोग सर्ने जानकारी दिए ।
घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, ¥यालको सम्र्पकबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्दछ ।
काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वासनली जस्ता अङ्गबाट पनि यो भाइरस सर्ने गर्दछ ।
मङ्कीपक्सको जोखिम कम गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको छ ।
महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा गेलालले मङ्कीपक्स पत्ता लगाउन अध्ययन अनुसन्धान गर्न देशभर १४ जना चिकित्सकलाई फोकल पर्सन नियुक्त गरी काम गरिरहेको बताए । यस्तै मङ्कीपक्सका शङ्कास्पद बिरामीको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको छ ।
महाशाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकलाई अभिमुखीकरण तालिम दिइसकेको छ । उनले ‘इन्टर्नल गाइडलाइन अन क्लिनिकल म्यानेजमेन्ट अफ मङ्कीपक्स–२०७९’ तयारी गर्न थालेको जानकारी दिए ।
यस्तै उनले स्वास्थ्य सेवा विभागका सबै महाशाखालाई मङ्कीपक्सको प्रतिकार्यका लागि आगामी कार्ययोजनासमेत बनाउने निर्देशन दिइसकेको जानकारी दिए ।
महाशाखाले मङ्कीपक्सको उच्च जोखिममा रहेका समुदायसँग पनि रोकथाम र नियन्त्रणबारे छलफल गरेको उनको भनाइ छ । सातवटै प्रदेशका प्रदेश निर्देशनालयलाई मङ्कीपक्सको रोकथाम र नियन्त्रण गर्नका लागि निर्देशन दिइएको छ ।
ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थीहरु बढ्नु यस रोगका लक्षण हुन् ।
मङ्कीपक्स रोगका सम्भावित जटिलता आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जानुजस्ता रहेका छन् ।
मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, निययमितरूपमा साबुन पानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्दछ ।
यस्तै मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, सङ्क्रमितको सम्र्पकमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपदछ । रासस
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका ...
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शुक्रवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थप...
जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा शल्यक्रिया गरिएको ...
नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । ...
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण...
जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती २ निकायबीच आँखा उपचार केन्द्र ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...