
श्रमिकहरूको संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले युवा दस्ता बनाएको छ । शनिवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा महासंघले टुकोन युथ काउन्सील (टीवाइसी) काठमाडौं जिल्ला कार्य समिति गठन गरेको हो ।
प्रदीप राना मगरको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा कुमार तामाङ, सचिवमा धनराम थापा, कोषाध्यक्षमा दिलकुमार तामाङ छन् । यसैगरी सदस्यहरूमा सुनवीर तामाङ, दिपक सुवेदी, मनोज श्रेष्ठ, प्रविण राना, विकास गुरुङ, राजिव तिवारी, रमेश भुजेल, शेष दिल साह, हर्कमान लिम्बु, लक्ष्मण गुरुङ र विकास गुरुङ छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका उपाध्यक्ष जयकुमार खड्काले श्रमिकहरूको हकहित स्थापनाको लागि टुकोनले गर्ने हरेक आन्दोलनमा राप्रपा नेपालको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । राप्रपा नेपालका सहायक महामन्त्री एवं ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजंग भण्डारीले श्रमिकहरूको आन्दोलनलाई निर्णायक मोडमा पुर्याउने उदेश्यका साथ चाँडै राष्ट्रव्यापी श्रमिक सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।