३१ असार २०८३, बुधबार

पनामा पेपर्सले डुबायो सरिफलाई, यसरी गुम्यो प्रधानमन्त्री पद

कात्तिक २०, २०७४
पनामा पेपर्सले डुबायो सरिफलाई, यसरी गुम्यो प्रधानमन्त्री पद

काठमाडौं, १३ साउन–  पाकिस्तानी उच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पनामा पेपर्स प्रकरणमा दोषी ठहर्याएको छ । सर्वोच्च अदालतको फैसलासँगै सरिफ प्रधानमन्त्री पदका लागि अयोग्य ठहर भएका छन् । उनले प्रधानमन्त्री पद गुमाउनु परेको छ ।

उनलाई कालो धन जम्मा गरेको आरोपमा दोषी ठहराइएको हो । सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमदको पाँच सदस्यीय इजलासले सरिफलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश खोसा र गुलजारले पनामा पेपर प्रकणको सुरुवाती सुनुवाईमा नै प्रधानमन्त्री नवाज सरिफ दोषी भएको फैसला गरेका थिए । बाँकी तीन न्यायाधीशले भने पुनः जाँचका लागि आदेश दिएका थिए । तर अहिले पाँचै न्यायाधीशले सरिफलाई दोषी ठहर गरेका छन् ।

सर्वोच्च अदालतको इजलासमा नवाजका अतिरिक्त उनकी छोरी र ज्वाइँलाई पनि दोषी ठहराइएको छ ।

पाकिस्तानी संविधानको धारा ६२ र ६३ अनुसार सरिफलाई दोषी ठहर गरिएको हो । यसअघि सर्वोच्च अदालतले १८ जुलाईमा गरिएको फैसलामा नै उक्त संकेत मिलेको थियो ।

यस मामलामो सुरुवाती फैसला पछि संयुक्त जाँच टीम गठन गरिएको थियो । जसले १० जुलाईमा अदालतलाई आफ्नो रिपोर्ट बुझाएको थियो ।

सरिफविरुद्ध गत वर्ष (सन् २०१६) नोभेम्बर ३ मा सर्वोच्चमा मुद्दा दायर भएको थियो । उनीमाथि मुद्दा लगाउनुअघि अदालतमा ३५ पटकसम्म सुनुवाइ भएको थियो ।

सरिफले गैरकानुनी ढंगले अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै पाकिस्तानको विपक्षी पार्टी तेहरिक–ई–इन्साफ पार्टीका अध्यक्ष इमरान खानले सरिफविरुद्ध मुद्दा दायर गरेका थिए ।

भ्रष्टाचारमा संलग्न रहेको र उनी इमानदार नभएको भन्दै उनलाई पाकिस्तानी संविधानको धारा ६२ र ६३ बमोजिम अयोग्य घोषणा गर्न खानले माग गरेका थिए ।

इमरानले पछिल्ला केही दिनमै सर्वोच्च अदालतमा याचिका दायर गर्दै उक्त प्रकरणमा छिटो पैसला गर्न अपिल गरेका थिए ।

यसअघि प्रधानमन्त्री यूसुफ राजा गिलानीलाई पनि दोषी ठहर गरेको थियो । अदालतले दोषी ठहर गरेपछि तत्कालिन प्रधानमन्त्री युसुफ राजा गिलानीले सन् २०१२ मा राजीनामा दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्