×

NMB BANK
NIC ASIA

साइबर अपराधमा नयाँ कोड वर्ड ‘हाई मम’, २ करोड डलर बढीको ठगी

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आपराधिक मानसिकता भएका व्यक्तिहरूले ठगीका नयाँ–नयाँ तरिका प्रयोग गरिरहेका छन् । यसैक्रममा पछिल्लो समय अष्ट्रेलियामा ‘हाई मम’ ठगी व्यापक बनेको छ । साइबर अपराधमा नयाँ तरिका ‘हाई मम’को माध्यमबाट हालसम्म २ करोड अष्ट्रेलियन डलरभन्दा बढीको ठगी भइसकेको त्यहाँको प्रहरीले बताएको छ । यो ठगीको शिकार मूलतः ५५ वर्षभन्दा बढी उमेर समूहका मानिसहरू भएका छन् । 

Muktinath Bank

‘हाई मम’ स्क्यामलाई लिएर अष्ट्रेलियन प्रशासन ‘एडभाइजरी’समेत जारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के हो ‘हाई मम’ ठगी 


Advertisment
Nabil box
Kumari

स्थानीय सञ्चारमाध्यमकहरूले बताएअनुसार पछिल्लो समय अष्ट्रेलियाका सबैजसो शहरका मानिसहरू यो ठगीको शिकार भइसकेका छन् । ठगहरूले मुख्य गरेर ५५ वर्ष उमेर भन्दा माथिका व्यक्तिको मोबाइलमा ‘हाई मम’ लेखेर सन्देश पठाउँछन् । 

Vianet communication
Laxmi Bank

त्यसपछि बातचितका क्रममा ठगहरूले आफू ठगिने व्यक्तिको छोरा–छोरी भएको र मोबाइल हराएकाले नयाँ नम्बरबाट सम्पर्क गरेको भनेर विश्वासमा पार्छन् । त्यसपछि आफूलाई पैसामा जरुरत परेको बाहनामा त्यस्ता व्यक्तिसँग करौडौं रुपैयाँ ठग्ने गरेका छन् । 

ठगहरूले नयाँ नम्बर लिएपछि मोबाइल बैंकिङ नचलेको, आफूलाई तत्काल पैसा चाहिएको आदि बाहाना पारेर ठगी गरिरहेको अनुसन्धानका संलग्न अधिकारीहरूले बताएका छन् । 

अष्ट्रेलियाका साइबर क्राइम स्क्वाड कमाण्डर डिटेक्टिभ सुपरिटेण्डेन्ट म्याथु क्राफ्टले यो ठगीको शिकार संसारभरका आमा–बुबा हुनसक्ने बताएका छन् । गत मे यता अष्ट्रेलियाभर ‘हाई मम’ ठगी फैलिएको उनले बताए । 

ठगीमा संलग्नहरूले पैसा पाउनेबित्तिकै तुरुन्त क्रिप्टोकरेन्सीमा परिवर्तन गर्ने गरेका छन् । जसका कारण आफू ठगीएको थाहा पाउने व्यक्तिले पनि उक्त पैसा फिर्ता पाउन सकिरहेका छैनन् । 

क्राफ्टले यसबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कुनै संकास्पद सन्देश प्राप्त भएमा आफ्ना छोराछोरीलाई अन्य म्यासेजिङ एपहरूमार्फत सम्पर्क गर्न सुझाव दिएका छन् । यदी कोही ठगीमा परिहालेमा तुरुन्त आफ्नो खाता रहेको बैंकमा सम्पर्क गर्न पनि उनले सुझाव दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x