×

NMB BANK
NIC ASIA

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित बाजेले मेरो नाम दिलबहादुर राखिदिनुभयो र म कुकुरबहादुर हुनबाट जोगिएँ ।

Sagarmatha Cement
Muktinath Bank

कालान्तरमा यो 'बहादुर' शब्द पनि मलाई मन परेन । नाथे सर्प देख्दा डराउने मान्छे पनि कसरी बहादुर हुन्छ ? आफूलाई कुनै पनि कोणबाट बहादुर नदेखेपछि बोलीचालीको भाषामा निशानी राखें । काम पनि नाम जस्तै भएर हो कि आजभोलि म सबैको निशानामा परेको छु । तर मेरो नागरिकतामा त बहादुर नै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकसित देशमा कुकुरलाई पनि कुकुर अर्थात् अंग्रेजीमा 'डग' भनेर बोलाउन पाइन्न रहेछ, किनकी त्यो अपमानजन्य हुने रहेछ । त्यसरी बोलाइयो भने 'Who the hell are you ?' भनेर फोहोरी शब्दका गाली खान बेर लाग्दैन । त्यस्तो गाली मैले डेनमार्कमा खाएँ ।


Advertisment
Nabil box
Kumari

कात्तिके कुकुरलाई गाउँमा ढुंगा हानेर खेदेको बानी कुकुरको महत्त्व त बुझ्न नै सकिएन । एकजना गोरी सुन्दर महिला झ्याप्प बाल पालेको आफ्नो कुकुर डोहोर्‍याउँदै हिँडिरहेकी थिइन् । 'Oh ! what a nice dog' भनेर चिप्लो घसेको मात्रै थिएँ, अंग्रेजीमा धेरै गाली खानुपर्‍यो । दुई मिनेटको गालीमा 'म्यानर लेस' भन्ने शब्द मात्रै बुझिलिएँ । कुकुरले लगाएको भोटोमा Mikale लेखिएको थियो ।

Vianet communication
Laxmi Bank

विदेशमा कुकुरहरूको नाम Max, Kobe, Oscar, cooper आदि राखिएको हुन्छ । नेपालमा पनि सडकमा सुत्ने घरबारविहीन कुकुरबाहेक घरपालुवा कुकुरहरूको नाम राखिएको हुन्छ । मेरो भाञ्जीको एउटा कुकुर छ । त्यसको नाम हो- मोनालिसा । असार १५ गते त्यो मोनालिसाको जन्मदिन थियो । जन्मदिनमा मोनालिसाको अगाडि ५ हजार रुपैयाँको केक काटिएको थियो ।

कठैबरा ! कुन ग्रह दशा र साइत बिग्रिएर यो धर्तीमा जन्म लियौ तिमीले ? सारा मानिसहरूले भगवानको नाम पनि आफैँ खोसेर शिव, पार्वती, महेश्वर, राम, जानकी, पशुपति राख्दा तिमीले कुकुर्नी राख्नुपर्‍यो । 

मोनालिसा, इटालीयन चित्रकार लियोनार्दो दा भिन्चीले कोरेको संसारको सबैभन्दा सुन्दर चित्र । कुकुरहरू पनि संसारको सबैभन्दा सुन्दर चित्रका नामले अभिनन्दित हुँदा, छिमेकीहरू भेला गरेर हर्षबढाइँका साथ कुकुरको जन्मदिन मनाइरहँदा यहाँ एक जना मान्छेको नाम फेला परेको छ- कुकुर्नी कमिनी ।

कठैबरा ! कुन ग्रह दशा र साइत बिग्रिएर यो धर्तीमा जन्म लियौ तिमीले ? सारा मानिसहरूले भगवानको नाम पनि आफैँ खोसेर शिव, पार्वती, महेश्वर, राम, जानकी, पशुपति राख्दा तिमीले कुकुर्नी राख्नुपर्‍यो । यस्तो लाग्छ, यो देशले हजारौं लियोनार्दो दा भिन्चीहरू खोजिरहेछ ।

सोझी भएर राख्यौ भने पनि के सोझी हुने ठेक्का तिम्रो मात्र हो र ? के तिमीबाहेक अरू सबै बाठा छन् र ? अरू सोझाहरूका नाम किन राम्रा छन् त ?

यो तिम्रो बकपत्र लेख्दै गर्दा तिम्रो मतदाता परिचय पत्रको स्क्रीन शट मेरो ल्यापटप अगाडि टाँसिएको छ । परिचय पत्रले भन्छ, तिमी यो देशको कुकुर्नी हौ । तिमी गालीगलौजको भाष्य हौ । तिमी मान्छे बन्नका लागि यो जुनी काफी छैन ।

तिमीले जतिसुकै धर्म कर्म गरेपनि, जतिसुकै मन्दिरको घण्टा बनाउने आरनमा आगो फुके पनि, जतिसुकै गोल पोलेर जल चढाउने तामाका गाग्री पिटे पनि यो जुनीमा तिमी मान्छे बन्न सम्भव छैन, किनकी तिमीलाई यो समाजले कुकुर्नी बनाइसकेको छ ।

परिचय पत्र हेर्दा यो त्रेता युग हो जस्तो लाग्छ । त्रेता युगमा रामको राज्यमा शूद्र भएर पनि शिक्षा लिएको भन्दै शम्बूक ऋषिको हत्या भएको थियो । तर लोकसेवा आयोग पास गरेका अधिकांश कर्मचारी त शूद्र हैनन् । विज्ञानको युगमा यिनीहरूको हत्या पनि कसैले गर्दैन । तर मान्छेलाई कुकुर्नी बनाएको देख्दा यिनीहरूको मन रुँदैन ? बरु उल्टै फोहोरी हस्ताक्षर धस्किन्छ, त्यही नाम प्रमाणीकरणका निम्ति । एकपटक सोच्नुहोस् त, यो नाम तपाईंको आमाको भए के हुन्थ्यो?

यस्तो हुन्थ्यो, तपाईं कुकुर्नीको छोराछोरी हुनुहुन्थ्यो । र, तपाईंको छोराछोरी कुकुर्नीको नातिनातिना हुनुहुन्थ्यो । त्यसपछि के हुन्थ्यो ? त्यसपछि तपाईंहरूले आफ्नो कागजपत्र लुकाएर हिँड्नुपर्थ्यो । कहीँकतै देखाउन परेमा आत्मभरी लज्जाबोध हुन्थ्यो । सरकारी अड्डामा नायब सुब्बाले 'ल अब कुकुर्नीको पालो, यता आउनुहोस् त लाइनमा' भनेर बोलाउँदा देह त्यागे बराबर हुन्थ्यो ।

र, पढेलेखेका छोराछोरी र नातिनातिनाले 'आफूहरू किन कुकुर कुकुर्नीको छोराछोरी भएको?' भन्ने प्रश्नको उत्तर दिँदा हैरानी हुन्थ्यो । मुख्य कुरा, बाटोमा कुकुर देख्दा आफ्नै एक थान नागरिकताको झल्को आउँथ्यो ।

तर, राष्ट्रसेवकज्यूहरू तपाईंहरूको आमाको नाम कुकुर्नी कहिल्यै थिएन र हुँदैन किनकि शास्त्रमा लेखिएको छ-

मांगल्यं ब्राह्मणस्य स्यात्क्षत्रियस्य बलान्वितम् ।
वैश्यस्य धनसंयुक्तं शूद्रस्य तु जुगुप्सितम् । । ३१ । ।

मनुस्मृति २ । ३१

अर्थात्, ब्राह्मण जातिको नाम राख्दा मंगलवाचक, क्षत्रीको नाम बलवाचक, वैश्यको नाम धनसूचक र शूद्रको नाम सेवासूचक राख्नुपर्दछ । फलस्वरूप शूद्रहरूको कुकुर्नी, कुकुर, बांगे, बुधना, बुद्धुराम, नेप्टे, चेप्टे, काले, गोरे, ढाँरे, चितुवा इत्यादि रहे । तर, ब्राह्मणहरूको नाम प्राय: भगवानको जस्तो कृष्ण, गोविन्द, राम, हरि, महादेव, परशुराम, राधेश्याम, गोमाजस्तो उच्च छ । माफ गर्नुहोला, मैले जातको कुरा गरेको हैन, शास्त्रको कुरा गरेको हो ।

नाम उच्च भएपछि त विचार पनि उच्च हुनुपर्ने हो । तर कुकुर कामी, कुकुर्नी कमिनीको नामलाई लिएर नेपाल सरकारको रिटायर्ड हाइ-प्रोफाइल म्याडमले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखिन्-

'नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम भुन्टो कामीका कान्छो छोरा हुन् । कविरामभन्दा अघि ६ जना दाजुहरू जन्मिएका थिए, तर जन्मनेबित्तिकै बाँचेनन् । सातौँ सन्तानको रूपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो, कुकुर ।'

अरे वा, क्या गज्जब तर्क आयो ।

के यो भूमिमा दलितका मात्रै बच्चाहरू मरे, अरूका मरेनन् ? कुकुर्नी उपाध्याय कसको नाम छ ? मरणको चिन्ता दलितहरूलाई मात्रै भयो ? के वर्ग समुदाय दमित हेलित छ भनेर उसको नाम पनि सोही अनुरूप कायम भइरहनुपर्ने हो ? नाममा के छ र ? भन्ने भावुक कथा तथा कविता पढेजस्तो हो, कुकुर्नी नाम ?

बरु सत्य के हो भने नाममा सबैथोक छ । नाममा इतिहास छ । नाममा वंशको लिगेसी छ । नाममा पहिचान छ । नाममा प्रतिष्ठा छ । नाममा सभ्यता छ । पहिले कथित शूद्रहरूले धर्मशास्त्रकै आधारमा राम्रो नाम राख्न पाउँदैनथे । ५० वर्ष अगाडिका दलितका नागरिकतामा धेरैको नाम कुकुर कुकर्नी छ । अहिले नातिनतिनाको तीनपुस्ते विवरणमा धक्का लागेका कारण यस्ता कुरा बाहिर आएका हुन् ।

यतिसम्म कि अस्ति भर्खरको कोरोनाको भ्याक्सिन कार्डमा समेत कुकुर्नी कमिनी लेखेर सरकारी हुलियाका चिलिमेहरूले वीरता प्रदर्शन गरेका छन् ।

कसैको नाम सच्याइदिने कानूनी जटिलता होला तर एउटै व्यक्तिले ३/४ वटा नामको नागरिकता बोकेर हिँड्ने पनि यही देश हो । के यो विषय मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने विषय हो ? यदि हो भने पनि त्यो गराउनु पर्दछ ।

तर अचम्म लागेको के भने मान्छेको नाम कुकुर्नी लेख्न हात पनि नकाँप्ने कस्ता चेतनास्तरका कर्मचारी हुन् ? डिग्री पास गरेको मान्छेले 'क' लेख्न नजान्नेको नाम कुकुर्नी लेखिदिने हो ? यदि हो भने तिनीहरूले बुझ्नुपर्छ कि कुकुर्नी कमिनी पनि कसैको आमा हो र उसको पनि आत्मसम्मान छ । र, आफूलाई जन्म दिने आमाको कसम खाएर तिनका कोमल हातहरूले कुकुर्नीको साटो सावित्रा कमिनी लेख्न सक्नुपर्थ्यो ।

२००६ को जनआन्दोलनपछि राज्य संरचनामा नारी, दलित, जनजाति, मधेशीलगायत अन्य सीमान्तकृत समूहकाहरूको अधिकारमा धेरै सुधार आएको भनिए पनि मूलरूपमा विभेद अन्त्य भइसकेको छैन ।

गोरखा राज्य विस्तार गर्न सहयोग पुर्‍याउने बिसे नगर्चीदेखि माओवादी युद्धमा धेरै रगत बगाएको ताराखोलाकी कुकुर्नी कमिनीसम्म आइपुग्दा अपमान र तिरस्कारका पहाडहरू उस्तै छन् । र, बाग्लुङ सर्वजीत विश्वकर्माको जन्मभूमि पनि हो । को हो सर्वजीत विश्वकर्मा ? भनेर राष्ट्रिय सभा गृहमा कसैले खगेन्द्र संग्रौलालाई सोधेजस्तै मलाई नसोध्नुहोला ।

प्लिज कुकुरलाई मान्छे नबनाऔं, मान्छेलाई कुकुर नबनाऔं । र, मान्छेलाई भगवान पनि नबनाऔं ।

योगी आदित्यनाथले मुगल सयारा रेल्वेको नाम परिवर्तन गरेर दीनदयाल उपाध्याय राख्न हुने, अल्लाहवादलाई परिवर्तन गरेर प्रयागराजमा बदल्न हुने, फैजावादलाई अयोध्या र मुजफ्फरनगरलाई लक्ष्मीनगर बनाउन हुने, धौलागिरी अञ्चललाई गण्डकी प्रदेश बनाउन हुने, चोमोलुङ्मा हिमाललाई सगरमाथा भन्न हुने तर ताराखोला गाउँपालिका– ४ की कुकुर्नी कमिनीले आफ्नो अपमानजन्य कथित नाम परिवर्तन गरेर सावित्रा कमिनी राख्न किन नपाउने ?

उनले नागरिकता बनाउने घुम्ती टोलीलाई भनेकी थिइन् रे, 'मेरो नाम सावित्रा कमिनी हो ।' तर उनको नाम सावित्रा लेख्न घुम्ती टोलीका नाइकेले मानेनन् । यो धेरै साल पुरानो कुरा हो । सावित्रा भनेको सूर्यको पुजारीको रूपमा शास्त्रमा व्याख्या गरिएको छ । सूर्य देवताको सन्तान, भगवान रामको परिवार, अग्नि देवताको विशिष्ट शक्तिको रूपमा लिइन्छ । कतै त्यो घुम्ती टोलीमा मनुस्मृतिलाई संविधान मान्ने धर्मरक्षक त थिएनन् ?

नेपालको चर्चित लोकगीत गायक मानिएका कुमार बस्नेतले धेरै पहिले 'नेप्टी मगर्नी, ओइ नेप्टी मगर्नी ' भनेर गीत गाएजस्तै कसैका लागि कुकुर्नी कमिनी नाम पनि गीतजस्तै रमाइलो लाग्यो होला । तर यो रमाइलोको विषय रहेन । यो सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानवअधिकारको कुरा हो । तपाईंको आमाको नाम कुकुर्नी भएको भए के त्यो पनि रमाइलो नै हुन्थ्यो ?

मंसिर ४ गते निर्वाचन तोकिएको छ । र, मतदाता परिचय पत्रमा एकजना मान्छेको नाम कुकुर्नी कमिनी छ । उजुरबाजुर गर्दा पनि, आफ्नै नामविरुद्ध मतभेद जाहेर गर्दा पनि दफ्तरको हाकिमसाबको दया माया पलाएन । तर अबको चुनावमा कुकुर्नी कमिनीको एक भोटले उनकै नाम परिवर्तन गर्न सक्ने कानून बन्न सकोस् । उनका छोराछोरीले आफ्नी आमाको नाम सावित्रा लेख्न पाऊन् । नातिनातिनाले आफ्नी बज्यैको नाम सावित्रा देख्न पाऊन् ।

अन्तिम आग्रह, प्लिज कुकुरलाई मान्छे नबनाऔं, मान्छेलाई कुकुर नबनाऔं । र, मान्छेलाई भगवान पनि नबनाऔं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x