२८ जेठ २०८३, बिहीबार

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै
फाइल तस्वीर

परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । 

मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् ।

उनले भोलि चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ ।

शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो ।

भ्रमणको मुख्य उद्देश्य दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघि बढ्न वातावरण बनाउने नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 
 

salt training

कमेन्ट गर्नुहोस्