असोज १६, २०८०
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी...
झापा उद्योग वाणिज्य संघले शान्ति सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति सुरक्षाको माग गर्दै संघले मंगलवार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।
संघका उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा नगरपालिका पुगेको उद्योगी–व्यवसायीको टोलीले नगर प्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।
भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमा केही दिनयता चोरीका घटना बढ्दै गएकाले नगरपालिकामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाइएको उपाध्यक्ष धमलाले बताए ।
‘दिउँसै चोरीका घटना भइरहेका छन्,’ उनले भने, ‘स्थानीय सरकारलाई सुरक्षा माग गर्दै ज्ञापनपत्र बुझाएका हौं ।’
नगरमा सुरक्षा व्यवस्था मजबुत बनाएर भयरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन संघले आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख पोखरेलले भद्रपुर बजारमा चोरीका घटना बढिरहेकाले नयाँ रणनीति बनाएर सुरक्षा व्यवस्था कडा बनाउन पहल गर्ने बताए । नगर क्षेत्रमा पर्याप्त सीसी क्यामेरा नभएको भन्दै नगर प्रमुख पोखरेलले भने, ‘सीसी क्यामेरा जडानका लागि हामी काम थाल्छौं, त्यसमा संघलाई पनि सहयोग गर्न आग्रह गर्छु ।’
नगरमा बुझाइएको ज्ञापनपत्र जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापामा बुधवार बुझाइने संघले जनाएको छ ।
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी...
निषेधाज्ञाका (कफ्यू)बीच बाँकेको नेपालगञ्जमा झडप भएको छ । झडप हुँदा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले सामान्य ...
पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्...
नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उनका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्थ...
गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो । शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त...
पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ। पञ्चाङ्ग निर्णायक समितिले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंक...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...