२९ जेठ २०८३, शुक्रबार

डा. बाबुराम भट्टराईको पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री देउवा तयार

डा. बाबुराम भट्टराईको पार्टीलाई पनि गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री देउवा तयार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा समेट्ने आश्वासन दिएका छन् । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री देउवालाई भेट्न मंगलवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

उनीहरूसँगको भेटमा नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा समेट्ने प्रधानमन्त्री देउवाले बताएको अध्यक्ष यादवले जानकारी दिए । 

‘प्रधानमन्त्रीसँग हामीलाई पनि ५ दलीय गठबन्धनमा समेट्न भन्यौं । उहाँले सकारात्मक जवाफ दिनुभयो,’ यादवले भने । आफूहरू ५ दलीय गठबन्धनकै हिस्सेदार भएको यादवको भनाई छ । नेपाल समाजवादी पार्टी जनता समाजवादीबाट छुट्टिएर बनेको दल हो । 

भेटका अवसरमा डा. भट्टराईले ५ दलीय गठबन्धनमा सिट बाँडफाँट कार्यदलमा समेत आफ्नो पार्टीको प्रतिनिधित्व गराउन प्रधानमन्त्री देउवालाई भनेका थिए । त्यसबारे देउवाले गठबन्धनका नेताहरूसँग छलफल गर्ने जवाफ दिएको यादवले बताए । 

डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि गठबन्धनमा सहभागी हुँदा ६ दलको गठबन्धन बन्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्