×

X
Nic Asia
Marvel
Khukuri

म्यान्मारमा मानवताविरुद्धका अपराधमा वृद्धि

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ ।  व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ ।

DHARA
LAxmi BAnk

म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्रले करिब दुईसय स्रोतबाट सङ्कलन गरेको ३० लाखभन्दा बढी सूचनालाई समेटेर तयार गरिएको राष्ट्रसङ्घीय वार्षिक प्रतिवेदनमा बलात्कार तथा अन्य प्रकारका यौन हिंसालगायत  अपराधहरू सुरक्षा बल र सशस्त्र समूहका सदस्यले गरेका देखाइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रतिवेदनअनुसार सेनाले शासन हत्याएपछि म्यान्माका बालबालिकालाई उनीहरूका आमाबाबुले पाउनुपर्ने सजाय दिइएको भन्दै चरम यातनाको शिकार बनाइएको र मनमानी रूपमा हिरासतमा राखिएको उल्लेख छ ।  आम नागरिकविरुद्ध व्यापक एवम् व्यवस्थितरूपमा आक्रमण गरिएको, हालै चारजनालाई मृत्युदण्ड दिइएकोलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । 

संयन्त्रले तीन वर्ष लगाएर सङ्कलन गरेको सूचना र प्रमाणमा अन्तर्वार्ता, सर्वसाधारणका कथन, लिखित दस्तावेज, भिडियो, तस्बिर र सामाजिक सञ्जालबाट सार्वजनिक भएका  सामग्री प्रतिवेदनमा समावेश गरिएका छन् ।  


Advertisment
Bizbazar
Saurya island

महिला र बालबालिका विरुद्धका अपराधहरू गम्भीर अन्तर्राष्ट्रिय अपराध हुन् भन्दै संयन्त्रका प्रमुख निकोलस कोउमजियानले म्यान्मामा जारी हिंसाले न्याय र जवाफदेहितालाई सहज बनाउन तथा थप अत्याचार हुन नदिन प्रतिवेदनले सघाउने विश्वास व्यक्त गरे । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नियम पालनामा कट्टर देखिएका छन् । भारतीय राज्य गुजरातमा चुनावका लागि लागू गरिएका नियम पालना गर्ने क्रममा उनले राजस्थानको आबू रोडमा शुक्रवार आयोजित सभालाई सम्बोधन नै गरेनन् । ...

असोज १५, २०७९

पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिएको छ ।  पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  योसँगै पाकिस्तानमा डेङ्गुबाट यस बर्ष मात्रै...

असोज १६, २०७९

इन्डोनेसियामा फूटबल खेल चलिरहेका बेला हिंसा भड्किएर १२७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खेलका क्रममा स्टेडियममा हिंसा भड्किँदा ३४ जनाको घटनास्थलमै र ९३ जनाको उपचारका क्रममा मृत्यु भएको ह...

असोज १५, २०७९

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहय...

असोज १५, २०७९

रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ । “ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भ...

असोज १४, २०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा फेरि हैजाको वृद्धि ‘चिन्ताजनक’ भएको शुक्रबार बताएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x