३१ असार २०८३, बुधबार

सर्लाहीका मिटरब्याजी श्याम प्रदेशीविरुद्ध ३ करोड २१ लाख बिगो माग गर्दै मुद्दा दायर

सर्लाहीका मिटरब्याजी श्याम प्रदेशीविरुद्ध ३ करोड २१ लाख बिगो माग गर्दै मुद्दा दायर

सर्लाहीका मिटरब्याजी श्याम प्रदेशी भनिने श्यामकृष्ण शाहविरुद्ध करीब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले शाहविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका–२ स्थायी घर भएका शाहले आफूसहित पत्नी, छोराछोरी, बुहारी, ज्वाइँ लगायतका नामबाट ४८ जना सर्वसाधारणलाई १ करोड १ लाख ९२ हजार रुपैयाँ ऋण लगानी गरेका थिए । शाहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रुपैयाँ ब्याज लिएको विभागको दाबी छ ।

ब्याज र साँवासहित अन्य चलअचल सम्पत्ति जोडेर ३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गरिएको छ । उनकी पत्नी मन्जु देवीलाई पनि प्रतिवादी बनाइएको छ ।

उनको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्