×

संसद्मा माओवादीले भन्यो – प्रतिनिधि सभाको रिक्तताको स्थिति आउन सक्छ, सरकारले ऐन ल्याओस्

साउन २५, २०७९

सत्तारुढ नेकपा माओवादी केन्द्रले चुनावको मिति घोषणा र निर्वाचन कार्यक्रमसँगै प्रतिनिधिसभा रिक्तताको स्थिति आउन सक्ने भन्दै निर्वाचन सम्बन्धी ऐन संसद्मा ल्याउन माग गरेको छ ।

संविधानको धारा ८५ र सर्वोच्चको दुवै पटकको फैसलाले प्रतिनिधिसभा रिक्त नहुने भने पनि कार्यकालको बहस भइरहेको भन्दै माओवादीले ऐनको माग गरेको हो । 


Advertisment

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङले प्रतिनिधिसभा रिक्तताको अवस्थामा मुलुकमाथि गम्भीर संकट आउन सक्ने भन्दै विधेयक ल्याउन माग गरेका हुन् ।


Advertisment

‘सरकारले मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गरेसँगै प्रतिनिधि सभाको कार्यकालको बहस भइरहेको छ । प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष भनेर संविधानको धारा ८५ को उपधारा १ ले भनेको छ । सर्वोच्चको २–२ पटकको आदेशबाट ५ वर्ष घटाउन मिल्दैन भनेको छ,’ गुरुङले भने, ‘अहिले मद्यावधि निर्वाचन घोषणा भएको होइन, धारा ७६ को ५ को सरकार असफल भएर पनि होइन । निर्वाचन कार्यतालिका र प्रतिनिधि सभाको कार्यकाल सम्बन्धमा ऐन जरुरी हुन्छ । संविधानले प्रतिनिधिसभा निरन्तरताको परिकल्पना गरेको छ, रिक्तताको स्थितिमा मुलुकमाथि गम्भीर संकट पैदा हुन्छ । तत्काल कानून ल्याओस् ।’

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार समानुपातिक निर्वाचनको बन्द सूची पेश गरेसँगै प्रतिनिधि सभाको कार्यकाल सकिने व्याख्या भइरहेको छ । 

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x