२१ जेठ २०८३, बिहीबार

स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुने विश्वास

स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुने विश्वास

खानेपानीमन्त्री उमाकान्त चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

यससँगै प्रतिनिधिसभाको बुधवारको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

खानेपानीमन्त्री चौधरीले बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए 

सांसदहरूले उठाएको जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए ।

उनले विगतमा जलस्रोत ऐनअन्तर्गत नै खानेपानीको समग्र प्रणाली सञ्चालनमा हुने गरेको यथार्थ पेस गर्दै अब भने खानेपानीको सम्बन्धमा स्पष्ट नीति तथा कानुनको प्रबन्ध हुने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्