३१ जेठ २०८३, आइतबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई पक्राउ गरेको छ ।

भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेका अनुसार बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट ५८ लाख ९६ हजार ५०० रुपैयाँ जरिवाना र १ महिना १५ दिन कैद फैसला भएकामा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले थापालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेको जनाइएको छ । कैद र जरिवाना भुक्तानका लागि अदालतबाट कैदी पुर्जी जारी गरी कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्