०१ असार २०८३, सोमबार

स्पेनमा पनि मनाइयो नागपञ्चमी

कात्तिक २०, २०७४
स्पेनमा पनि मनाइयो नागपञ्चमी
स्पेन, १३ साउन— स्पेनबासी नेपाली हिन्दू धर्मावलम्बीहरुले नागपञ्चमीको अवसरमा आज सांस्कृतिक आस्थादेवता नागको पूजा गरेका छन् ।20495776_1587549381319521_1048224771_o

आफ्नो संस्कृतिलाई सम्झने हेतुले बार्सिलोनामा टिकाराम कडेल शास्त्रीको अगुवाईमा नागपूजा गरिएको हो । शास्त्रीले नेपाली बसोबास रहेको घरहरुमा पुगेर ढोकाअगाडि नाग टास्ने काम गरेका थिए ।

शास्त्रीले भने, ‘आफ्नो  सांस्कृतिलाई बचाउनु हाम्रो  कर्तब्य हो । त्यसैले हाम्रो परम्परा अनुसार मैले सम्भव भएसम्म नेपालीको घरघरमा पुगेर नागको फोटो टाँसिदिएँ ।’

गैरआवासिय नेपाली संघ स्पेनको कार्यसमिति सदस्य समेत रहेका उनले एनआरएनको कार्यलयमा समेत नाग टाँसेका थिए ।

स्पेनको बार्सिलोनामा करीब सात हजारको हाराहारीमा नेपाली रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्