०८ असार २०८३, सोमबार

रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता

रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता
फाइल तस्वीर

रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले शुरुआत गरेको मतदाता नामावली संकलनको क्रममा जिल्लामा ती नयाँ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले गत असार १ गतेदेखि तीन स्थानबाट मतदाता नामावली संकलन शुरू गरेको थियो । जिल्लाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्तीगाउँ, लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलनको काम भएको थियोे निर्वाचन कार्यालयका सूचना अधिकारी लभलाइट वलीले बताए । 

उनले भने, ‘मतदाता नामावलीमा दोहोरोपना नहोस् भनेर काम गरिरहेका छाँै ।’ जिल्लाको कूल मतदाता संख्या एक लाख ५२ हजार २३ मतदाता रहेको थियो । सो कार्यालयका अनुसार नयाँ मतदाता थपिनु अघि ती मतदातामध्ये यस अवधिमा चार हजार १० मतदाताको मृत्यु भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्