३१ जेठ २०८३, आइतबार

विद्यालयमा आगलागी

कात्तिक २०, २०७४
विद्यालयमा आगलागी

इनरुवा, १३ साउन - सुनसरीको धरान उपमहानगरपालिका– १५ स्थित मिलन पथमा आज विद्युत् चुहिएर विद्यालयमा आगलागी भएको छ ।fire

धरान– १५ मा रहेको पदम मेमोरियल बोर्डिङ स्कूलको तीन तलामाथि स्कूल सञ्चालक विचारसिंह राई सुत्ने कोठामा विद्युत् चुहिएर आगलागी हुँदा ल्यापटप र बक्स पलङ र पंखा एक एक थान तथा टिभी, टेबल र स्टिल दराज दुई दुई थान एवं कोठामा रहेको लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागी प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्