२० असार २०८३, शनिबार

कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिकाबारे राष्ट्रपतिको चासो

कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिकाबारे राष्ट्रपतिको चासो

निहारिका राजपुत प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेपछि राष्ट्रपतिले सरकारी अधिकारीलाई बोलाएर छलफल गरेकी हुन् । 

शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग यसबारे छलफल गरेकी हुन् । छलफलका क्रममा घटना र कानुनी प्रक्रियाका विषयमा बन्दीले राष्ट्रपतिलाई जानकारी गराएका थिए । 

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर बच्चा जन्मिएको भन्दै उनले न्यायको लागि आन्दोलन गर्दै आएकी छन् । यही क्रममा शुक्रबार राष्ट्रपति कार्यालयबाहिर न्याय नपाएको भन्दै आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले जोगाएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्