×

NMB BANK
NIC ASIA

भिडोल लुब्रिकेन्ट्सको डिलर मिट पोखरामा सम्पन्न

साउन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

साउन १९ देखि २१ गतेसम्म पोखराको ग्रान्डी होटलमा  सम्पन्न डिलर मिटमा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानकारीका अतिरिक्त विभिन्न खालका खेल, रिफ्रेसमेन्ट, अन्तक्र्रिया र पुरस्कार वितरण कार्यक्रम समेत भएको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा आगामी वर्षका लागि डिलरहरुबाट १ हजार ४ सय ९९ किलोलिटर बिक्री गर्ने लक्ष्य घोषणा भएको छ । 

Vianet communication
Laxmi Bank

यो मिट कम्पनीले वान मोर स्टेप टुवार्ड्स सक्सेस भन्ने मोटोको साथ सम्पन्न गरेको थियो । 

नेपालमा यो लुब्रिकेन्टलाई भीजी ल्युब प्रालिले बिक्री वितरण गरिरहेको छ । 

कम्पनीले डिलरका प्रतिनिधिलाई यो वर्ष सफलताका लागि एक स्टेप अगाडि बढ्ने प्रतिबद्धतासमेत गराएको थियो । 

कार्यक्रममा भी.जी. ल्युबका प्रबन्ध निर्देशक विवेक बिजुक्छेले अहिलेको विश्व बजारमा लुब्रिकेन्टको समयसापेक्ष अवस्थाका बारेमा जानकारी गराएका थिए ।

भीजी ल्युबका बिजनेस हेड दिनेश खनालले भिडोलको गत आर्थिक वर्षको अवस्थाका बारेमा र आगामी वर्षको योजनाका सम्बन्धमा जानकारी गराएको कम्पनीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

त्यस्तै मार्केटिङ र ब्रान्डिङको सन्दर्भमा ब्रान्ड एन्ड मार्केटिङ हेड समिप तिम्सिनाले कार्यक्रममा जानकारी दिएका थिए ।

कार्यक्रममा गत सालको बिक्रीका आधारमा विभिन्न डिलरहरु फरक–फरक सेगमेन्टमा पुरस्कृत भएका छन् ।

जसमा जगदम्बा बेरिङ सेन्टर विराटनगरले प्रथम, सिर्जना अटो सर्भिस, धरानले द्वितीय र शिखर लिंक ट्रेडिङ, ललितपुरले तृतीय स्थान हासिल गरेका छन् ।

त्यसैगरी सञ्जय अटो सेल्स, धनगढीले बेस्ट न्यू कमर; शिखर लिंक ट्रेडिङ, ललितपुरले बेस्ट टु ह्विलर सेल्स; बिएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट थ्री ह्विलर सेल्स; शिखर लिंक ट्रेडिङ, ललितपुरले फेरि बेस्ट पीसीएमओ सेगमेन्ट सेल्स; डिलाइट अटो पार्ट्स सप्लायर्स, नारायणघाटले बेस्ट डिइओ सेगमेन्ट सेल्स; विएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट गियर ट्रान्समिसन सेल्स; जगदम्बा वेरिङ सेन्टर, विराटनगरले बेस्ट एफइएम सेगमेन्ट सेल्स र सुभम पावर मल्ट्री ट्रेड कलंकीले बेस्ट इन्डिस्ट्रियल सेल्सको अवार्ड जितेका छन् । 

त्यसैगरी कार्यक्रममा प्रदेश १ का इन्चार्ज सुशील ताम्राकारलाई बेस्ट इम्प्लोईको अवार्ड प्रदान गरिएको छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

माघ ६, २०८०

​बीवाईडीको अधिकृत वितरक साइमेक्स इंक प्रालिले प्रतिक्षित गाडी बीवाईडी सील नेपाल भित्र्याएको छ।​ विद्युतीय साधनको बजारमा क्रान्ति ल्याउने दाबीसहित कम्पनीले सुविधा, प्रविधि र पर्फर्मेन्सको प्रतीकका साथ बीवाईडी सी...

कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x