×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

ताप्लेजुङमा तिलकुमारको दाबीपछि योगेश भट्टराई विश्वप्रकाशको क्षेत्रमा झर्ने चर्चा

साउन ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् । 

Muktinath Bank

यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक हुन् । चुनावको मिति घोषणा भएसँगै उनले गृहजिल्ला ताप्लेजुङमा दौडधूप बढाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६४ र २०७० को निर्वाचनमा काठमाडौं– ६ बाट पराजय भोगेका योगेश २०७४ को निर्वाचनमा जन्मथलो ताप्लेजुङबाट विजयी बने ।


Advertisment
Nabil box
Kumari

अघिल्लोपटक माओवादीसहितको वाम गठबन्धनबाट विजयी योगेशलाई यसपटक भने टिकट लिन नै ठूलो कसरत गर्नुपर्ने देखिन्छ । 

Vianet communication
Laxmi Bank

उनलाई एमालेकै पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्बोले चुनौती दिइरहेका छन् । मेयाङ्बो अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । उनले योगेशलाई ताप्लेजुङमा पाहुनाको संज्ञा समेत दिएका छन् ।

‘उहाँको जन्म मात्रै ताप्लेजुङ हो । काठमाडौंमा राजनीति गर्नुभयो । म २०७४ मा जिल्ला अध्यक्ष थिएँ । पार्टी अध्यक्ष हुँदा नै उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हुँ । दुईपटक काठमाडौंले माया नगरेपछि मैले शर्त नै राखेर उहाँलाई सहयोग गरेको हुँ । त्यति बेलाका शर्त उहाँले मान्नुपर्छ,’ मेयाङ्बोले भने । 

अघिल्लोपटक निर्वाचन लड्दा नै यसपटक आफूलाई छाड्ने गरी सहमति भएको उनले दाबी गरे । 

‘ताप्लेजुङको संगठन निर्माणमा उहाँको कुनै भूमिका छैन,’ तिलकुमारले थपे, ‘अहिले पनि उहाँले टिकट पाउनुभयो भने परिणाम उल्टो आउन सक्छ । यो कुरा केन्द्रीय कमिटीले पनि बुझ्नुपर्छ ।’

योगेशलाई पार्टीभित्रै चुनौती खडा भएपछि ताप्लेजुङमा चुनावी हावा जोडतोडले चल्न थालेको छ । यता योगेशले भने पार्टी सचिव भएको नाताले आफूले नै टिकट पाउने दाबी गरेका छन् ।

‘लोकतन्त्रमा सबैलाई बोल्ने छूट हुन्छ । केन्द्रीय सचिव भएकाले पनि मैले नै टिकट पाउँछु भन्नेमा विश्वस्त छु । उहाँले अहिले दाबी गर्नुभएको हो, पछि मलाई नै सघाउनुहुन्छ,’ भट्टराईले भने ।

पार्टी अध्यक्ष ओलीनिकट नेताबाटै टिकटमा दाबी आएपछि योगेश उपाध्यक्ष सुवास नेम्वाङलाई लिएर ताप्लेजुङ पुगेका थिए ।

उनी पार्टीका दोस्रो तहका नेताहरूलाई रिझाएर टिकट हत्याउने रणनीतिमा लागेको जिल्ला नेताहरू बताउँछन् ।

ताप्लेजुङमा टिकट नपाए योगेश झापा– १ मा झर्न सक्ने चर्चा पनि छ । 

अघिल्लोपटक वाम गठबन्धनबाट माओवादीका सुरेन्द्र कार्की रामले चुनाव जितेको यो क्षेत्रमा एमालेबाट रविन कोइराला आकांक्षी छन् । यो कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्र पनि हो ।

अघिल्लो चुनावमा झापा– १ को सडक ‘अफ्रिकन सुन्दरीका गालाजस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएका राम कार्कीले भने ताप्लेजुङ जाने रहर व्यक्त गर्न थालेको चर्चा छ ।

अघिल्लोपटक वाम गठबन्धन हुँदा विश्वप्रकाश शर्मालाई चुनाव हराएका कार्कीको टिकट यसपटक झापा १ मा पक्का भइसकेको छैन । विश्वप्रकाश कांग्रेसको महामन्त्री नै बनिसकेकाले उनको दाबी बलियो बनेको छ ।

झापा– १ विश्वप्रकाशको परम्परागत क्षेत्र भएकाले कार्कीका लागि विकल्पमा ताप्लेजुङलाई लिइएको माओवादी नेताहरू बताउँछन् ।

ताप्लेजुङमा कांग्रेसको हेभीवेट उम्मेदवार नभएकाले पनि कार्कीलाई ताप्लेजुङ लैजाने चर्चा चलेको हो ।

ताप्लेजुङमा कांग्रेसबाट पूर्वमन्त्री मणि लामा, इच्छाराम गुरुङ र केशवप्रसाद दाहालको नाम चर्चामा छ ।

पार्टी सभापति शेरबहादुर देउवानजिकका नेता भएका पनि लामाले टिकट पाउने सम्भावना रहेको कांग्रेसका जिल्लास्तरका नेताहरू बताउँछन् ।

कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्मेहाङले भने प्रदेशमा उठ्ने इच्छा व्यक्त गरेका छन् । 

ताप्लेजुङमा अघिल्लोपटक भट्टराई २९ हजार ४७९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए । 

वैशाख ४ गतेको स्थानीय तह निर्वाचनले ताप्लेजुङमा एमालेलाई बलियो देखाएको छ ।

गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षहरूको मत जोड्दा २५ हजार १२ हुन्छ, जबकि एमाले एक्लैको २४ हजार २९५ मत छ ।

एमालेले ३ गाउँपालिका जितेको छ भने कांग्रेसले १ नगरपालिका र ३ गाउँपालिका तथा माओवादी केन्द्रले १ गाउँपालिकामा जीत हात पारेका छन् । 

६१ वडा रहेको ताप्लेजुङमा एमालेले २९, कांग्रेसले १५, माओवादी केन्द्रले १० र नेकपा एकीकृत समाजवादीले २ वटा वडा जितेका छन् । यस्तै अन्य ४ वडा स्वतन्त्रले जितेका छन् ।

 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x