असोज १०, २०८०
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन बुधवार सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । बिहान ११ बजे नै शुरू हुने भनिएको अधिवेशन दिउँसो २...
साउन २५, २०७९
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आकांक्षीहरू जनताको घरदैलोमा पनि पुगिरहेका छन् ।
बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीहरूसम्मको जिल्ला सुनसरी पनि चुनावी माहोलबाट अछुतो छैन । अघिल्लोपटक वाम गठबन्धन हुँदा समेत हावी भएको कांग्रेस यसपालि गठबन्धनको साथले हौसिएको छ भने अन्य दल पनि आ–आफ्नो हिसाबले तयारीमा छन् ।
चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा अघिल्लोपटक कांग्रेसले ३ र वाम गठबन्धनले एक सीटमा जीत हात पारेका थिए । क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका एमाले उम्मेदवार जयकुमार राई विजयी हुँदा २ बाट कांग्रेसका सीताराम महतो, ३ बाट विजय गच्छदार र ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । कार्की अहिले सञ्चार मन्त्री छन् ।
क्षेत्र नम्बर १ मा अशोक राईको दाबी, एमालेबाट को ?
२०७४ मा वाम गठबन्धनले जितेको सुनसरी १ मा कांग्रेसका उम्मेदवार थिएनन् । कांग्रेसको सहयोगमा उम्मेदवार बनेका तत्कालीन संघीय समाजवादी, फोरमका अशोक राईले २२ हजार सय २३ मत ल्याउँदा विजयी एमाले उम्मेदवार जयकुमार राईले ४४ हजार ५२८ मत पाएका थिए ।
प्रदेश १ का निवर्तमान मुख्यमन्त्री समेत रहेका भीम आचार्यले निर्वाचन क्षेत्र फेर्ने हल्ला पनि छ । निर्वाचन क्षेत्र नफेरेको खण्डमा आचार्य यसपटक एमालेबाट सुनसरी १ मा टिकटका आकांक्षी हुन् । अघिल्लोपटक उनी प्रदेश सभामा बसेका थिए ।
आचार्यका अलावा प्रदेश १ का सभामुख प्रदीप भण्डारी र बहालवाला सांसद जयकुमार राई टिकटका लागि मैदानमा छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले पत्रकार सम्मेलन नै गरेर उम्मेदवारी घोषणा गरेका छन् । आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने र गठबन्धनबाट आफू उम्मेदवार बन्ने उनले पत्रकार सम्मेलनमा बताए ।
यो क्षेत्रमा कांग्रेसबाट मीन विश्वकर्माको चर्चा छ । कांग्रेस सचेतक समेत रहेका विश्वकर्मा केन्द्रीय सदस्य समेत हुन् । अहिले उनले समानुपातिकबाट प्रतिनिधित्व गरिरहेका हुन् । अशोक राईलाई छाड्नुपर्दा उनलाई फेरि समानुपातिकमा राखिने चर्चा छ ।
क्षेत्र नम्बर २ मा युवा उम्मेदवारको चर्चा
सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसले युवा उम्मेदवारलाई अगाडि बढाउने सम्भावना छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका राजीव ढुंगानाले चुनावको तयारी थालेका छन् ।
बहालवाला सांसद सीताराम महतो पनि देउवा पक्षकै हुन् । उनले अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार डम्मरु सुवेदीलाई झण्डै ६ हजार मतान्तरले पराजित गरेका थिए । महतोले ४१ हजार ४९५ मत ल्याउँदा सुवेदीले ३५ हजार ३ सय ४९ मत पाएका थिए।
महतोलाई समानुपातिकमा राखेर ढुंगानालाई टिकट दिलाउन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत लागिपरेको चर्चा छ ।
महतो २०७० को चुनावमा पनि सुनसरीको तत्कालीन क्षेत्र ४ बाट चुनाव जितेका नेता हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको टिकट नपाएका महतोलाई देउवाले मनोनित गर्ने आश्वासन दिएका थिए, तर हालसम्म मनोनित भएका छैनन् ।
यस क्षेत्रमा एमालेबाट रेवतीरमण भण्डारीको चर्चा छ । अर्कातर्फ भीम आचार्य पनि यो क्षेत्रमा आउन चाहेको हल्ला चलेको छ । आचार्य र भण्डारी २०७४ को निर्वाचनभन्दा अगाडि एउटै समूहमा थिए । सो क्षेत्रमा माओवादीलाई टिकट दिएपछि भण्डारी आचार्यसँग रुष्ट बनेका थिए । क्षेत्र नम्बर १ मा टिकट नपाए क्षेत्र नम्बर २ बाट उठ्ने भनेर आचार्यले आफूनिकट नेताहरूलाई भनेका छन् ।
कसको पोल्टामा जाला गच्छदारको क्षेत्र ?
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि सुनसरी– ३ बाट निर्वाचित सांसद विजय गच्छदार निलम्बित अवस्थामा छन् । उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।
मुद्दा विचाराधीन रहँदा वा दोषी करार हुँदा गच्छदारलाई पुनः उम्मेदवार बन्न बाटो खुल्ने छैन । उम्मेदवारी मनोनयन अघि नै फैसला भएर सफाइ पाएको खण्डमा मात्र गच्छदार उम्मेदवार बन्न सक्छन् ।
गच्छदार उम्मेदवार बन्न पाउने सम्भावना नगन्य रहेकाले यो क्षेत्रबाट कांग्रेसको संस्थापनइतर पक्षलाई समेटिन सक्ने चर्चा छ । चर्चामा रहेको नाम हो, प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता रहेका राजीव कोइराला ।
मुख्यमन्त्री पाएको खण्डमा प्रदेशमा बस्ने मनस्थितिमा रहेका कोइराला मुख्यमन्त्री पक्का नहुँदा प्रतिनिधि सभामा उम्मेदवार बन्न तयार छन् ।
क्षेत्र नम्बर ३ मा एमालेले भने भगवती चौधरीलाई नै उम्मेदवार बनाउने लगभग पक्का छ । पटक–पटक गच्छदारसँग पराजित भएकी उनी यसपटक गच्छदारको अनुपस्थितिमा बाजी मार्ने विश्वासमा छिन् ।
अघिल्लोपटक चौधरी गच्छदारसँग झिनो मतले पराजित भएकी थिइन् । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् ।
यो क्षेत्र गच्छदारले लगातार ६ पटक चुनाव जितेको क्षेत्र हो । उनी २०४८, २०५१, र २०५६ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधान सभा निर्वाचनका मधेसी जनअधिकार अधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए । फेरि कांग्रेसमा फर्किएर उनले २०७४ सालमा पनि बाजी मारे ।
ज्ञानेन्द्रबहादुर कार्कीले फेरि मार्लान् बाजी ?
सुनसरी क्षेत्र नम्बर ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्ने लगभग पक्का छ । यसअघिको चुनावमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत कार्कीलाई सहयोग गरेको आरोप एमालेकै नेताहरूले लगाउने गरेका छन् ।
उनीहरू फुपू र मामाका छोराछोरी हुन् । कार्कीलाई सहयोग गर्नकै लागि गत चुनावमा एमालेले राप्रपाबाट पार्टी प्रवेश गरेका नेतालाई टिकट दिएको भन्दै एमाले सुनसरीमा खैलाबैला भएको थियो । राप्रपा छाडेर एमाले प्रवेश गरेका रमेश श्रेष्ठले टिकट पाएका थिए । कार्कीलाई जिताउनकै लागि भण्डारीकै पहलमा श्रेष्ठलाई टिकट दिएको आरोप अहिले पनि लाग्ने गरेको छ ।
कार्कीले ३२ हजार ३४७ मत प्राप्त गर्दा तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार रमेश श्रेष्ठले २५ हजार ७५० मत मात्रै पाएका थिए । तत्कालीन अवस्थामा चुनाव हुँदा कार्की बहालवाला अर्थमन्त्री रहेका थिए ।
स्थानीय चुनावमा संस्थापनइतर पक्षलाई कमजोर पार्न भूमिका खेलेको आरोप कार्कीमाथि लागेको छ । संस्थापनइतर पक्ष उनीसँग रुष्ट छ ।
एमालेबाट भने यो क्षेत्रमा प्रदेश सांसद जगदीश कुसियतले टिकट पाउने चर्चा छ । उनी संविधान सभामा सदस्य समेत रहेका थिए ।
गठबन्धन हुँदा सुनसरीमा माओवादीले पनि एक क्षेत्र दाबी गर्न सक्छ । माओवादीले क्षेत्र नम्बर १ र २ मध्ये एउटामा दाबी गरेको छ ।
माओवादीबाट तीनजना आकांक्षी छन् । प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेल, बहालवाला सांसद रामकुमारी चौधरी र माओवादीका प्रदेश कमिटी उपाध्यक्ष शिव डाँगीको नाम चर्चामा छ । डाँगी र पोख्रेल श्रीमान् श्रीमती हुन् ।
पढ्नुहोस्, यसअघिको भागहरू :
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन बुधवार सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । बिहान ११ बजे नै शुरू हुने भनिएको अधिवेशन दिउँसो २...
सहमतिबाट नेतृत्व चयनको प्रयास तत्काल सफल नभएपछि नेकपा एमाले बाग्मती प्रदेश कमिटीले मतदानबाट नेतृत्व चयन गर्ने प्रक्रिया थालेको छ । निर्वाचन कमिटीले बुधवार दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन गर्नेगरी निर्वाचन कार्...
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेक...
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालमा अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेपछि पार्टीभित्र विष्फोटको स्थिति उत्पन्न भएको छ । छोरी, सम्धी, सम्धिनी र आफ्नो संसदीय क्षेत्र तथा जिल्लालाई नै प्राथमिकतामा रा...
नेकपा एमाले बागमतीले कांग्रेसलाई वैरभावी र माओवादीलाई दक्षिणपन्थी सम्झौतामा रमाउने पार्टीको रुपमा व्याख्या गरेको छ । जारी बागमती प्रदेश अधिवेशनका क्रममा बैठकमा प्रस्तुत ‘राजनीतिक सांगठनिक तथा आ...
काठमाडौं महानगरपालिका र अभियन्ता ‘ई’बीचको वार्ता मंगलवार दिउँसो जारी छ । महानगरको वार्ता टोली र अभियन्ता ‘ई’को तर्फबाट अधिवक्ता सञ्जय अधिकारी नेतृत्वको टोलीबीच राष्ट्रिय सभागृ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...