×

Nic Asia
Dabur
Prabhu Bank

प्रतिनिधि सभा निर्वाचनको तयारी

पाल्पामा सोम पाण्डेलाई गैरेले टक्कर दिने सम्भावना, अर्को क्षेत्रमा को बन्ला उम्मेदवार ?

बुटवल | असार ६, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरेसँगैका समकालीन राजनीतिकर्मीहरू सांसददेखि मन्त्री बनिसके । समकालीन नेता गगनकुमार थापा नेपाली कांग्रेसबाट मन्त्रीदेखि पार्टी महामन्त्रीसम्म बनिसके ।

yONNEX
Frooti
Appy

गैरेपछि अनेरास्ववियुको अध्यक्ष बनेकी हाल नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री मन्त्री भइसकिन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

राजनीतिक दौडमा गैरे सधैं पछि परिरहे । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका गैरेलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा बल्ल सांसदको उम्मेदवार बन्न टिकट पाउने ढोका खुलेको छ ।

आगामी मंसिर वा फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी पाल्पाको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्ने सम्भावना छ ।


Advertisment
Lokantar App
Saurya island

विक्रम संवत् २०५१–२०७४ सालसम्मका सबै निर्वाचनमा चुनाव लडेका सोमप्रसाद पाण्डे एमाले छाडेर नेकपा एसमा लागेसँगै बल्ल गैरेका लागि चुनावी ढोका खुलेको छ ।

२०५१ सालपछि भएका ५ वटा निर्वाचनमध्ये पाण्डेले २०६४ सालको चुनावबाहेक सबै जिते । अब गैरे तिनै पाण्डेसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् ।

JYOTI
Vianet communication

पाल्पाको २ नम्बर क्षेत्रमा एमालेबाट गैरे र सत्तारूढ गठबन्धन निर्वाचनसम्म जारी रहे पाण्डे उम्मेदवार बन्ने चर्चा छ । पाल्पामा प्रतिनिधि सभातर्फ २ वटा निर्वाचन क्षेत्र छन् ।

एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले २ नम्बर क्षेत्रमा प्रतिनिधि सभातर्फ गैरे उम्मेदवार बन्ने करीब ‘फाइनल’ जस्तै रहेको लोकान्तरलाई बताए ।

नेता पाण्डे गत निर्वाचनमा ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५५ मत ल्याएका थिए ।

गैरेसँगै एमालेबाट नै सुशील ज्ञवालीको नाम चर्चामा छ । उनी भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । ज्ञवाली पाल्पाकै हुन् ।

गैरे एमाले पाल्पा इन्चार्ज पनि हुन् । गैरे पछिल्लो १ वर्षदेखि संगठन विस्तार र पार्टी काममा जिल्लामा नै सक्रिय रहेका आत्रेय बताउँछन् ।  

एमालेका एक नेताले सुशील ज्ञवालीको उम्मेदवारीको आकांक्षी भन्ने कुरामा सत्यता नभएको बताए ।

उनले भने, ‘स्थानीय निर्वाचनमा गैरेले चुनावी ‘कमाण्ड’ सम्हाल्नुभयो । गठबन्धनविरुद्ध जिल्लामा एमालेले एक्लै बहुमत पालिकामा जीत निकाल्यो । २ नम्बर क्षेत्रमा अबको चुनावमा एमालेबाट गैरेको विकल्प छैन ।’

पाल्पाका १० स्थानीय तहमध्ये एमालेले स्थानीय तह निर्वाचनमा ६ पालिकामा एकल जीत निकालेको छ । पाण्डेले पाल्पाबाट पटक–पटक निर्वाचन जिते पनि काम गर्न नसकेको एमाले र कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।

२ नम्बर क्षेत्रमा कांग्रेसबाट हरिप्रसाद नेपाल वा नेकपा एसबाट पाण्डेमध्ये १ जना उम्मेदवार हुने चर्चा छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका हरिप्रसादको उपस्थिति पनि पाल्पामा बलियो नै देखिन्छ । नेपाल पनि पाल्पाका पुराना नेतामा पर्छन् । २ नम्बर क्षेत्रमा तानसेन नगरपालिका, बगनाशकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका पर्छन् । 

एमाले विभाजन भएर केही कमजोर जस्तो भएको अवस्थामा यसपटक २ नम्बर क्षेत्र कांग्रेस आफैं चुनाव लड्ने सोचमा रहे पनि केन्द्रको निर्णय मान्नुपर्ने अवस्था आउने हुँदा जिल्ला नेताहरू त्यति खुल्न चाहेका छैनन् । एमालेको ‘गढ’ भत्काउन नेपाल नै उम्मेदवार बन्नुपर्ने कांग्रेसको एउटा समूहले आन्तरिक ‘लबिङ’ थालेको छ ।

नेपाल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पाण्डेलाई पराजित गरी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पाण्डे पूर्व उद्योगमन्त्री समेत हुन्, जिल्लाका पुराना नेता मानिन्छन् । 

१ नम्बर क्षेत्रमा एमालेबाट सांसद तथा पूर्व मन्त्री दलबहादुर राना र पूर्व सांसद तथा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल चर्चामा छन् । प्रदेश सांसद नारायण आचार्यले पनि संघीय सांसदमा उम्मेदवार बन्ने चाहना व्यक्त गरेको जिल्लाका नेताहरू बताउँछन् । कंडेलले पाल्पामा ३ वटा निर्वाचन क्षेत्र हुँदा १ नम्बर क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचन जितेका थिए ।

कांग्रेसबाट १ नम्बर क्षेत्रमा कांग्रेस पाल्पाका निवर्तमान सभापति एवं लुम्बिनी प्रदेशका मन्त्री वीरबहादुर राना र जिल्ला उपसभापति ज्ञानबहादुर गाहाको चर्चा छ । निवर्तमान बगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल पनि संघीय निर्वाचनमा उम्मेदवार बन्ने चर्चा छ । बस्याल कांग्रेस पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठसँग पराजित भएका नेता हुन् ।

महासमिति सदस्यद्वय दानबहादुर पछाईको पनि चर्चा छ । नेता बस्यालले अहिले संघीय र प्रदेशको निर्वाचनको उम्मेदवारबारे चर्चा गर्न हतार हुने बताए । ‘गठबन्धनका कारण कांग्रेस पाल्पामा अन्योल छ । गठबन्धन जारी रहे सोमप्रसाद पाण्डेले जता रोज्छन्, उतै छाड्नुपर्ने अवस्था आउने होला । त्यहीँ भएर अहिल नै आकांक्षीबारे चर्चा गर्दा हतार पनि हुनसक्छ,’ बस्यालले भने ।

२०७४ सालमा रानाले कांग्रेसका विजयराज घिमिरेलाई पराजित गरेका थिए ।  

राना ३२ हजार ५४९ मतका साथ विजयी हुँदा घिमिरेले २३ हजार ९९३ मत ल्याएका थिए । २०७० सालमा पनि राना र घिमिरेबीच नै प्रतिस्पर्धा हुँदा राना विजयी भएका थिए । पाल्पाको रामपुर निवासी नेता घिमिरे हाल अस्वस्थ छन् । घिमिरे अहिले निर्वाचनमा उम्मेदवार बन्न सक्ने अवस्थामा नरहेका कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए ।

सभापति श्रेष्ठ लोकान्तरसँग भन्छन्, ‘सत्तारूढ गठबन्धन जारी रहे पाल्पामा प्रतिनिधि सभातर्फ २ नम्बर क्षेत्र र प्रदेश सभातर्फ एउटा क्षेत्र माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आउँछ । अन्य कांग्रेसले लिने अवस्था छ ।’

उनले पाण्डे र माओवादी केन्द्रका प्रदेश सांसद तुलाराम घर्ती मगरलाई छाड्नुपर्ने संकेत गरे । पाल्पाको १ नम्बर क्षेत्रमा रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र माथागढी गाउँपालिका पर्छन् । गत निर्वाचनमा कांग्रेसले प्रतिनिधि र प्रदेशसभा कुनैमा पनि जीत निकाल्न सकेको थिएन । 

पाल्पाको विकासको मूल एजेण्ड मृत्युमार्गको उपमा पाएको शिद्धबाबा सडकलाई व्यवस्थित गर्ने हो तर हालसम्म सिद्धबाबाको सडक जस्ताको तस्तै छ । यस वर्षदेखि सुरूङमार्गको निर्माण कार्य शुरू हुँदैछ । आम पाल्पावासीको चाहना पनि यहीँ सडक व्यवस्थित हुनुपर्ने हो । 

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा गएको कांग्रेसले जिल्लामा घाटा व्यहोरेको छ । अघिल्लो चुनावमा ४ पालिका जितेको कांग्रेस यसपटक ३ वटामा पालिकामा खुम्चिएको छ ।

२०७४ सालको निर्वाचनमा कुनै पालिका नजितेको माओवादीले एउटा पालिका प्रमुख र २ उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादी पाल्पामा ‘क्लीन स्वीप’ भएको छ । पाल्पाबाट पाण्डे नेकपा एसमा लागे पनि उनको खासै प्रभाव जिल्लामा देखिएको छैन । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।  बजेट आउने अघिल्लो दिन अर्थमन्त्रीले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने परम्पर...

जेठ १३, २०८०

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ । शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक ...

जेठ १४, २०८०

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुनसक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरो...

जेठ १४, २०८०

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा आइतबार राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग परामर्श गर्ने भएका छन् ।  जेठ १७ देखि भारत भ्रमण गर्न लागेका प्रचण्डले भारतसँग उठाउने एजेण्डालगायतका विषयमा सिं...

जेठ १४, २०८०

विराटनगरमा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो । विराट...

जेठ १३, २०८०

आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नेकपा म...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x