जेठ १४, २०८०
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा आइतबार राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग परामर्श गर्ने भएका छन् । जेठ १७ देखि भारत भ्रमण गर्न लागेका प्रचण्डले भारतसँग उठाउने एजेण्डालगायतका विषयमा सिं...
बुटवल | असार २१, २०७९
स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै भिडेर अर्घाखाँचीमा पार्टीका उम्मेदवारलाई जिताएर एमालेलाई पहिलो बनाएका नेकपा एमाले सचिव टोपबहादुर रायमाझी आउँदो प्रतिनिधिसभा निर्वाचनमा फेरि उम्मेदवार बन्दैछन् ।
अर्घाखाँची प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।
विक्रम संवत् २०६४, २०७० र २०७४ सालमा माओवादीबाट चुनाव जितेका रायमाझी आगामी मंसिर वा फागुनमा हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने पक्का जस्तै छ । ३ पटक लगातार निर्वाचन जितेर ‘ह्याट्रिक’ गरी १५ वर्ष जिल्लामा एकछत्र जस्तै ‘राज’ गरेका रायमाझीसँग आउँदो निर्वाचनमा को भिड्लान् भन्ने चर्चा/परिचर्चा शुरू भएको छ ।
स्थानीय चुनावमा सबैभन्दा पहिला जिल्लामा गठबन्धन गरेका सत्तारुढ दल आउँदो निर्वाचनमा रायमाझीसँग भिड्न कसलाई अगाडि बढाउने भन्नेमा अन्योलमा छन् । एमालेबाट प्रतिनिधि सभातर्फ रायमाझी मात्रै देखिएपछि कांग्रेसमा ४ जनाभन्दा बढी आकांक्षी छन्, जसले गर्दा टिकट वितरणमा समस्या हुने देखिन्छ ।
कांग्रेसबाट यसअघि रायमाझीसँग पराजित रामबहादुर बिसी, केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्व राज्यमन्त्री रेवती भुसाल र महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेलले टिकटका लागि ‘लबिङ’ शुरू गरिसकेका छन् ।
गत निर्वाचन २०७४ सालमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी ५० हजार ३८५ मतका साथ विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका बिसीले ३१ हजार ९४१ मत ल्याएका थिए । रायमाझी र बिसीको मतान्तर १८ हजार ४४४ मत थियो ।
कांग्रेस अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि तथा प्रतिनिधि सभातर्फ आकांक्षी लेखनाथ पोखरेलले जिल्लामा अब नयाँ अनुहार खोजेको दाबी गर्छन् । ‘१५ वर्षसम्म टोपबहादुरजीले जितेर जिल्लामा के गर्नुभयो ?’ पोखरेलले लोकान्तरसँग भने, ‘अबको निर्वाचनमा कांग्रेसबाट म नै उम्मेदवार हो । मैले जसरी पनि टिकट लिन्छु । जिल्लाले नयाँ ‘टेस्ट’ खोजेको छ । त्यो म हुँ ।’
जिल्लामा रायमाझीको व्यक्तिगत प्रभाव र छवि राम्रो छ । दल बदलेर पदमुक्त भएपछि नेता रायमाझीले बढी समय जिल्लालाई दिएका छन् ।
२०७४ सालअघि जिल्लामा २ निर्वाचन क्षेत्र थिए । २०६४ सालमा जिल्लाको १ नम्बर क्षेत्रबाट रायमाझीले कांग्रेसका मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए, २ नम्बर क्षेत्रमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी थिइन् । २०७० सालमा रायमाझीले कांग्रेसका रामबहादुर बिसीलाई पराजित गरेका थिए, २ नम्बर क्षेत्रबाट एमालेका डा. दुमन थापा निर्वाचित भए । डा. थापाको निधन भइसकेको छ ।
रायमाझीले २०७४ सालमा पनि कांग्रेसका बिसीलाई नै पराजित गरेका थिए । आउँदो निर्वाचनमा पनि बिसी टिकटको लाइनमा रहेको बताइन्छ । कांग्रेसको एउटा समूहले महिला नेत्री पुष्पालाई प्रदेश सभामा झारेर लुम्बिनी लुम्बिनीको भावी मुख्यमन्त्रीको रूपमा अगाडि सानुपर्ने छलफल पनि अगाडि बढाएको छ तर कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले भुसाल प्रदेशसभा झर्ने सम्भावना कम देख्छन् ।
महाधिवेशन प्रतिनिधि नेता पोखरेलले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म गठबन्धन रहेमा जिल्लामा गठबन्धनको जीत बलियो रहेको दाबी गर्छन् । ‘स्थानीय निर्वाचनमा केही प्राविधिक त्रुटिले हारिएको हो । हामीले उम्मेदवार छनोटमा पनि केही कमजोरी गरेका थियौं । अबको निर्वाचनमा त्यस्तो हुँदैन,’ उनले भने ।
माओवादी केन्द्रबाट केन्द्रीय सदस्य डिलाराम आचार्य पनि उम्मेदवारको आकांक्षी छन् । गत निर्वाचनमा रुपन्देहीको ५ नम्बर क्षेत्रबाट पराजित आचार्य अहिले गृहजिल्लाको राजनीतिमा क्रियाशील छन् । गठबन्धन नभएको अवस्थामा माओवादी केन्द्रबाट आचार्य उम्मेदवार बन्न सक्छन् ।
एमालेले रायमाझीसँगै जिल्लाका ७० प्रतिशत माओवादी एमालेमा समाहित भएको दाबी गर्दै आएको छ । त्यसैले आउँदो निर्वाचनमा पनि जिल्लामा एमालेले जित्नेछ । गत निर्वाचनमा प्रदेश सभातर्फ क्षेत्र नम्बर १(१) बाट एमालेका चेतनारायण आचार्य र (२) बाट पनि एमालेकै रामजीप्रसाद घिमिरे निर्वाचित भएका थिए ।
एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले स्थानीय निर्वाचनको आधारमा नै संघ र प्रदेशको निर्वाचनमा जित्ने गरी पार्टी निर्वाचनमा जुटिसकेको बताए । अबको निर्वाचनमा प्रतिनिधि सभातर्फ जिल्लाको ‘हेभीवेट’ उम्मेदवार टोपबहादुर रायमाझी नै भएको उनी बताउँछन् ।
‘बलियो संगठन, व्यवस्थित पार्टी परिचालन र जनपरिचालन आउँदो निर्वाचनमा पनि एमालेका जीतका आधार हुन्,’ अध्यक्ष भुसालले लोकान्तरसँग भने, ‘प्रतिनिधि सभातर्फ पूर्वमन्त्री रायमाझीज्यू उम्मेदवार बन्नुहुन्छ होला । प्रदेशतर्फ हामीले अहिले नै छलफल अगाडि बढाएका छैनौं ।’
२०७४ सालको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ एमालेले ३० हजार ४१७, कांग्रेसले २८ हजार ३६९, १८ हजार ९६३ र राजमोले ४ हजार ७७१ मत ल्याएका थिए । तत्कालीन नयाँ शक्तिले ६९४ मत पाएको थियो । प्रतिनिधि सभामा एकमात्र क्षेत्र भएकाले जिल्लामा समानुपातिक मतले दलीय हैसियत देखाउँछ ।
२०७९ वैशाख ३० गतेमा सम्पन्न स्थानीय तह निर्वाचनबाट अर्घाखाँचीमा एमाले पहिलो शक्ति बनेको छ । ६ पालिका रहेको जिल्लामा एमालेका प्रमुख/उपप्रमुख ७ स्थान जितेको छ । जिल्ला समन्वय समिति एमालेको एकल छ । जिल्लाका कूल ३१७ जनप्रतिनिधिमध्ये एमालेका १६६ विजयी भएका छन् भने ६१ वडामध्ये एमाले एकल चुनाव लडेर ३० वडामा जीत निकालेको छ ।
कांग्रेस जिल्ला सभापति श्रेष्ठले कांग्रेस अहिले पनि जिल्लामा एमालेविरुद्ध गठबन्धन गर्ने पक्षमा रहेको बताए । ‘केन्द्रमा गठबन्धन के हुन्छ ? त्यहीँ अनुसार जिल्लामा गठबन्धन हुन्छ,’ सभापति श्रेष्ठले लोकान्तरसँग भने, ‘हामी स्थानीय तहको चुनावी समीक्षा गर्दै अगाडि बढेका छौं ।’
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले आफूहरू गठबन्धनको विरोधी नभई एक्लै चुनावी तयारीमा जुटेको बताए । अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादीको प्रभाव कम छ । स्थानीय निर्वाचनमा नेकपा एसले एउटा वडा पनि जित्न सकेन । लुम्बिनी प्रदेशमा सबै दलहरू आउँदो निर्वाचनको तयारीमा जुटिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा आइतबार राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग परामर्श गर्ने भएका छन् । जेठ १७ देखि भारत भ्रमण गर्न लागेका प्रचण्डले भारतसँग उठाउने एजेण्डालगायतका विषयमा सिं...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– पशुपतिको जलहरी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठक मुख्यत प्रधानमन्त्रीको भारत...
अमेरिकी सरकारले धर्म र धर्मान्तरणका बारेमा हालै निकालेको रिपोर्टबारे चासो राख्दै सरकारले अमेरिकालाई एक नोट पठाएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार संसदमा बोल्दै नेपालस्थित अमेरिकी दूतावासमार्...
विभिन्न ६१ जना नागरिक अगुवाले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । साध्यबहादुर भण्डारी, डा सुरेन्द्र भण्डारी, रामकुमार रिजाल, सुवोधराज प्याकुरेल, अनिल योगी, स्वागत...
प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ । बजेट आउने अघिल्लो दिन अर्थमन्त्रीले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने परम्पर...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...