साउन ३०, २०७९
अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् । यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक ह...
विराटनगर | असार १४, २०७९
राजनीतिक र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि सभा निर्वाचनको टिकट हत्याउन मुख्य पार्टीभित्र नेताहरूको दौडधूप शुरू भएको छ ।
गिरिजाप्रसाद कोइरालादेखि मनमोहन अधिकारीसम्मले राजनिति गरेको मोरङमा टिकटका लागि 'हाइ प्रोफाइल'देखि जिल्ला नेताहरूसम्म लबिङमा छन् ।
मोरङ काठमाडौंपछिकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको जिल्ला हो । काठमाडौंमा १० र मोरङमा ६ वटा निर्वाचन क्षेत्र छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिको दाबेदार रहेका डा. शेखर कोइरालादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीका समकक्षी गुरु बरालसम्म उम्मेदवार बन्ने तयारीमा छन् ।
शेखर मोरङबाट उम्मेदवार बन्न लागेका 'हाइ प्रोफाइल' नेता हुन् ।
अघिल्लोपटक वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग झिनो मतले पराजित भएका कोइरालाले त्यसयता आफ्नो निर्वाचन क्षेत्रमा निकै मेहनत गरेका छन् ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले आफ्नो गढ मानिने मोरङबाट झण्डै हात धुनुपरेको थियो । मोरङ क्षेत्र नम्बर २ बाट चुनाव जितेर मीनेन्द्र रिजालले कांग्रेसको इज्जत जोगाइदिएका थिए ।
अघिल्लोपटक उम्मेदवार बनेका नेताबाहेक यसपालि पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेदेखि मेडिकल व्यवसायी सुनिल शर्मासम्म पनि उम्मेदवारीका लागि लबिङमा छन् ।
सत्ता गठबन्धनमा पार्टीभित्रका आकांक्षीको व्यवस्थापनभन्दा जटिल दलहरूबीचको भागबण्डा छ ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले सोचेअनुसार परिणाम ल्याउन सकेन ।
अघिल्लोपटक ५ वटा स्थानीय तह मात्र जितेको एमालेले यसपालि ९ वटामा जीत हात पार्दा कांग्रेस खुम्चिन पुग्यो । मोरङमा गठबन्धन खासै प्रभावकारी हुन सकेन ।
स्थानीय निर्वाचनको नतिजाले एमाले आत्मविश्वासी बनेको छ । कांग्रेसलाई भने पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्दै सहयात्री दलहरूसँग प्रभावकारी तालमेल गर्ने चुनौती छ ।
मोरङमा अघिल्लोपटक दुई सीट जितेको माओवादी केन्द्रले यसपालि पनि सोही संख्यामा दाबी गरेको छ । एकीकृत समाजवादी र जसपालाई पनि मिलाउनुपर्ने चुनौती कांग्रेसलाई छ ।
मोरङ क्षेत्र नम्बर १ मा पुरानै प्रतिस्पर्धीको दाबी, एमालेमा शिवमाया पनि आकांक्षी
मोरङको क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडाले चुनाव जितेका थिए ।
उनी तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने चुनावी एजेन्डा लिएर जनतामाझ गएका थिए ।
माओवादीसँग गठबन्धन गरेर चुनावमा होमिएका खतिवडा ३७ हजार ५२४ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए ।
कांग्रेसबाट लिम्बू नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना छ ।
२०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिम्बूले एमालेका घनश्याम खतिवडा र माओवादीका वर्षमान पुन ‘अनन्त’ दुवैलाई पराजित गरेका थिए ।
२०६४ देखि लगातार ३ निर्वाचनमा उम्मेदवार बनेका लिम्बू २०७० मा मात्र विजयी भए । यसपटक पनि उनी नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए ।
एमालेबाट बहालवाला सांसद घनश्याम खतिवडाले नै दोहोरिने आकांक्षा राखेका छन् । तर, उनलाई पार्टीभित्रैबाट पूर्व सभामुख शिवमाया तुम्बाहाम्फेको चुनौती सामना गर्नुपर्नेछ ।
उपसभामुख हुँदै कानून मन्त्री समेत बनेकी तुम्बाहाम्फे त्यही क्षेत्रकी हुन् । उनले उम्मेदवार बन्ने आकांक्षा राखेको चर्चा एमालेभित्र छ ।
मोरङ क्षेत्र नम्बर २ मा मीनेन्द्रलाई सुजाताको चुनौती !
मोरङ क्षेत्र नम्बर २ मा अघिल्लोपटक कांग्रेसका मीनेन्द्र रिजालले चुनाव जितेका थिए । उनले वाम गठबन्धनका एमाले उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए ।
रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गर्दा पोखरेलले ३४ हजार १४ मत पाए ।
यो कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला चुनाव लड्ने गरेको भूगोल हो ।
गिरिजाबाबुको पुण्यभूमिलाई नमूना क्षेत्र बनाउँछु भन्दै चुनावमा होमिएका रिजाल तत्कालीन वाम गठबन्धनका उम्मेदवारलाई हराउन सफल भए ।
उनले चिसाङ, डाँस र बक्राहा खोलाले धेरै क्षति पुगेको बताउँदै गिरिजाप्रसाद कोइरालाले शुरू गरेको काम पूरा गर्ने बताएका थिए ।
यसपटक रिजाललाई उनै गिरिजाबाबुकी सुपुत्री सुजाता कोइरालाको चुनौती छ । पार्टीभित्र सुजाताले टिकटका लागि लबिङ तीव्र बनाएकी छन् ।
सुजातालाई बाइपास गरेर जान सक्ने अवस्था पनि नरहेको कांग्रेसका स्थानीय नेता कार्यकर्ता बताउँछन् । रिजालको दाउ सुजातालाई समानुपातिकमा बस्न ‘कन्भिन्स’ गरेर टिकट हत्याउनेमा केन्द्रित छ ।
एमालेबाट भने पोखरेल नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना छ । अघिल्लोपटक पराजित भएकाले सहानुभूतिको मत समेत उनले पाउन सक्ने एमालेका कतिपय कार्यकर्ता बताउँछन् ।
मोरङ क्षेत्र नम्बर ३ मा एमालेभित्र प्रतिष्ठाको लडाईं
मोरङ क्षेत्र नम्बर ३ मा अघिल्लोपटक वाम गठबन्धनका एमाले उम्मेदवार भानुभक्त ढकालले कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गरेका थिए ।
ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा पुरानै प्रतिस्पर्धीहरूले दोहोरिने आकांक्षा राखेका छन् ।
शर्मा मेडिकल व्यवसायी हुन् । अघिल्लोपटक गठबन्धनसँग झिनो मतान्तरले हारेकाले यसपटक आफूले बाजी मार्ने उनको दाबी छ । सोही कारण पनि शर्मा नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना छ ।
शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई समेत आफूले जित्ने हिसाबकिताब सुनाइसकेको चर्चा कांग्रेसवृत्तमा छ ।
तर, स्थानीय चुनावमा मोरङ– ३ कांग्रेसका लागि सुखद् रहेन । यस क्षेत्रमा पर्ने ४ वटै स्थानीय तहमा एमालेले जितेको छ । बेलबारी, सुन्दरहरैँचा र पथरी शनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा एमालेले जीत हात पारेको छ । यसमध्ये बेलबारीमा उपप्रमुखचाहिँ कांग्रेसले जितेको छ ।
शर्मा स्थानीय चुनावमा पार्टीलाई चुनाव जिताउन भनेर निकै खटेका थिए । तर परिणाम अपेक्षित आएन ।
उनलाई पार्टी संस्थापन पक्षबाट दिलिप गच्छदारले चुनौती दिने तयारी गरेका छन् । देउवा पक्षको भएकैले आफूले टिकट पाउने आशामा गच्छदार देखिन्छन् ।
मोरङ ३ मा एमालेभित्र रोचक प्रतिस्पर्धा छ । खोला फर्काउने भन्दै जनतामाझ गएर चुनाव जितेका ढकालले तीन–तीन मन्त्रालय सम्हाल्दा पनि केही नगरेको भनेर एमालेकै गुरु बरालले प्रचार गरिरहेका छन् ।
अझ रोचक त के भने बेलबारी र पथरीशनिश्चरे नगरपालिकामा टिकट वितरणका क्रममा यी दुई नेताबीच प्रतिष्ठाको लडाईं नै चलेको थियो ।
ढकाल पुरानैलाई दोहोर्याउन चाहन्थे भने बरालले नयाँ ल्याउनुपर्छ भन्दै लबिङ गरेका थिए ।
बेलबारीमा निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी र पथरीशनिश्चरेमा दिलिपकुमार राईलाई दोहोर्याउँदा चुनाव जित्न सकिने ढकालको दाबी थियो ।
बरालले भने १० बुँदे पक्षधर (माधव नेपालको साथ छाडेका) नेताहरूलाई टिकट दिन नहुने भन्दै लबिङ गरे । ती दुवैसँग बरालको राम्रो सम्बन्ध छैन ।
अन्ततः बरालले भनेजस्तै नयाँ उम्मेदवार तोकिए । चुनाव पनि एमालेले जित्यो । त्यसयता बरालले प्रतिनिधि सभामा उम्मेदवार बन्ने तयारी तीव्र बनाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको समकक्षी समेत भएकाले आफूले टिकट पाउने उनको आकांक्षा छ ।
मोरङ ३ मा एकीकृत समाजवादीका चन्द्र गुरुङले पनि दाबी गरेका छन् । यस क्षेत्रबाट एमालेका ३ पूर्व सांसद एकीकृत समाजवादीमा लागेका छन् ।
क्षेत्र नम्बर ४ मा गुरुराजको दाबी
गत चुनावमा मोरङको क्षेत्र नं. ४ मा तत्कालीन वाम गठबन्धनका माओवादी उम्मेदवार अमनलाल मोदी विजयी भएका थिए ।
मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । मोदीले ३३ हजार ४२९ मत ल्याउँदा आचार्यले २६ हजार ८०० मत मात्रै पाए ।
यसपटक मोरङ ४ मा सत्ता गठबन्धनका लागि चुनौती छ । अघिल्लोपटक जितेको क्षेत्र भएकाले माओवादीले दाबी गरेको छ भने कांग्रेसलाई पनि पार्टीभित्रै आकांक्षीको व्यवस्थापन गर्न चुनौती छ ।
कांग्रेसमा आचार्यलाई युवा नेता गुरुराज घिमिरेले चुनौती दिएका छन् ।
नेविसंघका पूर्व सभापति समेत रहेका घिमिरेले शुरूमै उम्मेदवारी घोषणा गरेका हुन् ।
‘मोरङ ४ कांग्रेसको उद्गम थलो हो । नेताले निर्वाचन क्षेत्रको ख्याल नगर्दा मात्र कांग्रेसले हारेको हो । यो क्षेत्रमा कांग्रेसको साख फर्काउने लक्ष्य छ,’ घिमिरेले भन्ने गरेका छन् ।
यो क्षेत्रमा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीले पनि दाबी गरेका छन् ।
एमालेबाट यस क्षेत्रमा विनोद ढकाल उम्मेदवार बन्ने सम्भावना छ । अघिल्लोपटक विराटनगर महानगरपालिकाको मेयरमा पराजित भएका ढकाल एमाले मोरङका प्रभावशाली नेता हुन् ।
यस क्षेत्रमा जीवन घिमिरे पनि टिकटका लागि दौडमा छन् ।
मुख्यमन्त्रीको उम्मेदवार बनाएको खण्डमा भने उनी प्रदेशमै दोहोरिने सम्भावना पनि रहेको निकटस्थहरू बताउँछन् ।
यस क्षेत्रमा प्रदेश कमिटी सदस्य महेश भट्टराईको पनि दाबी छ ।
क्षेत्र नम्बर ५ मा पनि गठबन्धनलाई भागबण्डाको सकस
मोरङ ५ मा अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार शिवकुमार मण्डल विजयी भएका थिए ।
उनले २२ हजार ९४५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अमृतकुमार अर्यालले १९ हजार १ सय ५३ मत ल्याए ।
वि.सं २०६४ को संविधान सभा निर्वाचनमा यही भूगोलबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।
२०७० सालको संविधान सभा निर्वाचनमा यादव नेपाली कांग्रेसका अमृतकुमार अर्यालसँग पराजित भए ।
२०७० सम्म मोरङमा ९ वटा क्षेत्र थियो । अहिले ६ वटा क्षेत्रमा सीमित भएको छ ।
यो क्षेत्रमा पनि माओवादीले दाबी गरेको छ । गठबन्धनका लागि यो क्षेत्र पनि भागबण्डाका लागि चुनौतीपूर्ण छ ।
मण्डलले विराटनगरलाई प्रदेशको राजधानी बनाउने र रंगेली–विराटनगर क्षेत्रभित्र औद्योगिक क्षेत्र विकास गर्ने एजेन्डा अगाडि सारेका छन् ।
माओवादीसँग तालमेलमै अप्ठ्यारो पर्ने अवस्था आए अर्याललाई कांग्रेसले समानुपातिकमा राख्न सक्ने चर्चा पनि छ ।
कांग्रेसमा अर्याललाई चुनौती दिने अन्य उम्मेदवार अगाडि आएका छैनन् । फरक–फरक पार्टीका भएपनि अर्याल र मण्डलबीच सम्बन्ध सुमधुर नै रहेको बताइन्छ ।
यस क्षेत्रबाट एमालेमा भने योगचन्द्र मण्डल उम्मेदवार बन्ने चर्चा छ । मण्डल जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हुन् ।
जीवन विकासबाट लिएको ऋणको ब्याजमा छुट दिएर चुनाव जित्न सक्ने हिसाब उनले एमाले नेताहरूलाई सुनाएका छन् ।
माओवादी छाडेर एमालेमा लागेका दिलिप बगडियाले सोही लघुवित्तबाट लिएको ऋण तिरिदिएकाले रंगेलीमा चुनाव जितेको आरोप विपक्षीले लगाउने गरेका छन् ।
क्षेत्र नम्बर ६ मा शेखर र लालबाबु नै प्रतिस्पर्धी
मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसबाट हेभीवेट उम्मेदवार शेखर कोइराला दोहोरिने पक्कापक्की छ ।
पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेर देउवालाई कडा टक्कर दिएका कोइराला लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रमै सक्रिय छन् ।
अघिल्लोपटक वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग झिनो मतले पराजित भएका कोइराला त्यसयता निरन्तर जनताको घरदैलोमा छन् ।
कहिले स्वास्थ्य जाँच गर्नेदेखि कहिले जनताका समस्या सुनेर त्यसको समाधानमा सघाउने काम शेखरले गरिरहेका छन् । पार्टी र सत्ता गठबन्धन दुवैमा शेखरलाई उम्मेदवार बन्न खासै चुनौती देखिएको छैन ।
राष्ट्रिय सभाका पूर्व सदस्य रमेशजंग रायमाझीले कांग्रेसभित्र टिकटको दाबी गरेका छन्, तर शेखरलाई छाडेर पार्टीले उनलाई टिकट दिने सम्भावना नगण्य रहेको कांग्रेस कार्यकर्ताहरू नै बताउँछन् ।
शेखर आफ्नो क्षेत्रमा मात्र नभएर सिंगो जिल्लामा नै पार्टीको साख फर्काउने मिसनमा लागेको उनका निकटस्थहरू बताउँछन् ।
अघिल्लोपटक लालबाबुले ३३ हजार ९४१ मत प्राप्त गर्दा शेखरले ३३ हजार २६६ मत ल्याएका थिए ।
त्यतिबेला लालबाबु कहिले ट्याम्पो त कहिले साइकल चढेर चर्चित भएका थिए । सामान्य प्रशासन मन्त्री छँदा डीभी तथा पीआरवाला कर्मचारीविरुद्ध कडा रूपमा उत्रिएको लाभ पनि उनलाई चुनावमा भएको थियो ।
विराटनगरलाई प्रदेशको राजधानी बनाउँदै ग्रेट विराटनगरको योजना लिएर उनी चुनावी मैदानमा गएका थिए । विराटनगरदेखि चिनियाँ नाका किमाथांकासम्म जोड्ने कोशी राजमार्गको निर्माणलाई तीव्रता दिने लालबाबुको योजना थियो ।
एमालेबाट यसपटक पनि लालबाबु नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना छ ।
कतिपयले मोरङबाट यसपालि प्रचण्डका ज्वाइँ जीवन आचार्य पनि उम्मेदवार बन्न सक्ने चर्चा गरेका छन् ।
तर, माओवादीलाई अघिल्लोपटक जितेका दुई क्षेत्र आफ्नो भागमा पार्न नै चुनौती रहेकाले उनको सम्भावना क्षीण रहेको माओवादीकै नेता/कार्यकर्ता बताउँछन् ।
अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् । यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक ह...
लुम्बिनी प्रदेशबाट ह्याट्रिक (लगातार ३ पटक चुनाव जितेका) गरेका नेता ५ जना छन् । रूपन्देहीबाट नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, अर्घाखाँचीबाट एमालेकै सचिव टोपबहादुर रायमाझी, दाङबाट नेकपा माओवादी केन्द्रका प्रभ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि ब...
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको नागरिकता व...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयार...
सत्तारुढ ५ दलीय गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले बाँडफाँट टुंगो लगाएर प्रतिवेदन बनाउने तयारी गरे...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...