×

Nic Asia
Dabur
Prabhu Bank

संसदीय चुनावको पूर्व तयारी

काठमाडौंको चुनावी जोडघटाउ : स्वतन्त्रले ‘थ्रेट’ बढाउँदा कसलाई अगाडि सार्दैछन् ठूला दल ?

काठमाडाैं | असार ८, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

आसन्न संघीय चुनावलाई लक्षित गरेर धमाधम स्वतन्त्र उम्मेदवारी घोषणाले ठूला राजनीतिक दलभित्र परकम्प सिर्जना गरिरहेको छ । 

yONNEX
Frooti
Appy

स्थानीय चुनावमा जीतको आकलन नै नगरेका व्यक्तिले चमत्कारिक नतिजा निकालेको र संघीय चुनावमा पनि स्वतन्त्र उम्मेदवारको लहर आएपछि दलहरूले आगामी चुनावको उम्मेदवारबारे औपचारिक/अनौपचारिक छलफल थालेका छन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

मुख्यगरी, काठमाडौंका निर्वाचन क्षेत्रलाई लक्षित गरेर स्वतन्त्र उम्मेदवारहरू सार्वजनिक भइरहेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमध्ये धेरैजसो सिट जित्दै आएको कांग्रेस र एमालेलाई आगामी चुनावको उम्मेदवार तय गर्नेबारे स्वतन्त्र उम्मेदवारी घोषणाले दबाब सिर्जना गरेको छ । 

राजधानी शहरको निर्वाचन क्षेत्र भएकाले पनि राजनीतिक दलहरूका लागि काठमाडौंको चुनाव विशेष महत्त्वको हुन्छ । राजधानीमा निर्वाचनको माहोल आफ्नो पक्षमा बनाउन सके देशभर प्रभाव रहेको ठहर्ने मनोवैज्ञानिक पक्षका कारण पनि दलहरूले राजधानीको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका छन् ।


Advertisment
Lokantar App
Saurya island

अर्कोतर्फ, स्थानीय तहको निर्वाचनमा ठूला दलहरू काठमाडौंमा नै नराम्रोसँग पछारिएका कारण पनि आगामी चुनावमा कस्तो उम्मेदवार अघि सार्ने भन्नेबारे छलफलमा छन् ।

काठमाडौं महानगरमा एमालेले जित्दै आएको थियो । यसपटक एमालेविरूद्ध सत्तारूढ गठबन्धकातर्फबाट कांग्रेसले उम्मेदवार अघि सारेको थियो । तर, एमाले र गठबन्धनका उम्मेदवार चुनावमा पराजित भए । स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौंको मेयरमा निर्वाचित भए । 

JYOTI
Vianet communication

काठमाडौंको केही निर्वाचन क्षेत्रलाई मुख्य राजनीतिक दलका केही नेताले आफ्नो विरासतको रूपमा लिने गरेका छन् । तर, यसपटक भने स्वतन्त्र उम्मेदवारले उनीहरूलाई सोच्न बाध्य बनाइदिएका छन् । 

सञ्चारकर्मी पृष्ठभूमिबाट चर्चा बटुलेका रवि लामिछाने पार्टी नै खोलेर राजनीतिमा हामफालेका छन् । उनी काठमाडौंकै कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा छ । तर, उनले कहाँबाट उम्मेदवार बन्ने भनेर खुलाएका छैनन् । लामिछाने काठमाडौंबाट उम्मेदवार बन्दा ठूला राजनीतिक दलका उम्मेदवारलाई बलियो चुनौती खडा हुनेछ । 

काठमाडौंको क्षेत्र नम्बर १ कांग्रेस नेता प्रकाशमान सिंह, क्षेत्र नम्बर २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, क्षेत्र नम्बर ४ कांग्रेसका महामन्त्री गगन थापा, क्षेत्र नम्बर ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको क्षेत्र भनेर चिनिने गरेको छ । तर, आगामी निर्वाचनमा उनीहरूले नै आफूलाई असुरक्षित महसूस गर्ने परिस्थिति बनेको छ । 

राजनीतिक मान कमजोर भएका प्रकाशमान 

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएका छन् । २०७४ को निर्वाचनमा जम्मा ८१८ मतले रविन्द्र मिश्र पराजित भएका थिए । सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत पाएका पाएका थिए । 

यसपटक क्षेत्र नम्बर १ बाट पुकार बमले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक, राजनीतिक अभियन्ता रहेका बम भूकम्प, कोरोना महामारी, संविधान र अकुपाई बालुवाटार जस्ता अभियानबाट चर्चित बनेका थिए । 

उनले भूकम्पका बेला राहत संकलन र वितरण गरेर चर्चा कमाएका थिए । कोरोना महामारीका बेला खाना खुवाउने, अक्सिजन जुटाउने, बिरामीको उद्धार गर्ने लगायतका कामले उनलाई चर्चित बनाएको थियो । उनले यही सामाजिक पूँजीलाई आधार बनाएर चुनाव लड्ने घोषणा गरेका छन् । 

प्रकाशमान सिंह

एमालेकातर्फबाट भने काठमाडौं क्षेत्र नम्बर–१ मा कसलाई उम्मेदवार बनाउने भन्ने अहिल्यै एकिन नहुने नेताहरू बताउँछन् । तर, प्रदेश सभा सांसद रहेका गणेशप्रसाद दुलालले उक्त क्षेत्रबाट संघीय संसदको उम्मेदवार बन्ने गरी तयारी गरिरहेको एमालेका नेताहरू बताउँछन् । 

बमले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेको र पार्टीमा पनि प्रकाशमानको विकल्प मागिरहेको हुँदा उनै उम्मेदवार हुँदा कांग्रेसले जित्नेमा शंका रहेको कांग्रेसकै एक केन्द्रीय सदस्य बताउँछन् । ‘काठमाडौंमा युवाहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर आइसकेका कारण कांग्रेसले पुरानै उम्मेदवारलाई दोहोर्‍याउँदा जित्ने सम्भावना नै हुँदैन । अघिल्लो पटक रविन्द्रले झण्डै पराजित गरेका हुन्’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।  

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि काठमाडौं क्षेत्र नम्बर–१ बाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनी नेपाल प्रहरीका पूर्व डिआइजी हुन् । 

विकल्प हेरिरहेका माधव नेपाल

अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालले नेकपा एमालेमा रहँदा काठमाडौं क्षेत्र नम्बर–२ बाट चुनाव जितेका हुन् । तर, उनी अहिले काठमाडौंबाटै उम्मेदवार बन्ने कि तराई झर्ने भन्ने बारेमा विकल्प हेरिरहेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् । अध्यक्ष नेपाल यसपटकको चुनावमा रौतहटबाट चुनाव लड्न सक्ने सम्भावना पनि उत्तिकै रहेको उनीनिकट नेताहरू बताउँछन् । 

२०७० सालसम्म उनी रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका थिए तर संविधान बनेपछि एउटै उम्मेदवार २ निर्वाचन क्षेत्रबाट चुनाव लड्न नपाउने व्यवस्था गरियो । त्यसपछि २०७४ सालको चुनावमा नेपाल रौतहट छाडेर काठमाडौंको क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए । स्थानीय तहको चुनावको नतिजा हेर्दा पनि नेपालका लागि काठमाडौंभन्दा रौतहट अनुकूल देखिएको छ । 

रौतहटमा माधव नेपालकै निर्वाचन क्षेत्रमा पर्ने २ वटा स्थानीय तहमा एकीकृत समाजवादीले एक्लै जीत निकालेको छ । काठमाडौंमा भने नेपालको निवास रहेको वडा नम्बर ३२ मा एमालेले जितेको छ । 

माधव नेपाल

अर्कातर्फ चुनावी तालमेल हुँदा सिट बाँडफाँट कसरी हुन्छ भन्ने कुराले पनि नेपालले कहाँबाट चुनाव लड्ने भन्ने निर्क्यौल हुने एकीकृत समाजवादीका नेताहरू बताउँछन् । 

अघिल्लो चुनावमा नेपालले कांग्रेसका उम्मेदवार दीपक कुँइकेललाई १२ हजार ४६३ मतान्तरले पराजित गरेका थिए । 

माधव नेपाल काठमाडौंबाटै चुनाव लड्ने अवस्थामा त्यहाँ गठबन्धनका अन्य दलको उम्मेदवार नहुने सम्भावना रहेको कांग्रेसका नेताहरू बताउँछन् ।

एमालेका लागि भने काठमाडौं क्षेत्र नम्बर–२ नयाँ अवसर हो । तर, एमालेले कसलाई अघि सार्छ अहिल्यै आंकलन नहुने एमालेका नेताहरू बताउँछन् । 

३ नम्बरमा स्वतन्त्र सिर्जित त्रास

काठमाडौंको क्षेत्र नम्बर ३ मा पूर्व सञ्चारकर्मी हरिशरण लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ३ मा यसअघि एमालेका कृष्णबहादुर राईले कांग्रेसकी अम्बिका बस्नेतलाई ४ हजार २८५ मतले पराजित गरेका थिए ।

एमालेबाट उक्त क्षेत्रमा अहिले पनि राई नै दाबेदार रहेको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसले फेरि बस्नेतलाई नै उम्मेदवार बनाउँदा जित्ने अवस्था नरहेको कांग्रेस काठमाडौं जिल्ला समितिका एक सदस्य बताउँछन् । 

‘उहाँले पटक–पटक चुनाव हारिसक्नुभयो । फेरि पनि उम्मेदवार बनाउँदा जित्ने अवस्था देखिँदैन । स्वतन्त्र उम्मेदवारले पनि चुनौती थपेका छन् । त्यसो हुँदा जित्ने उम्मेदवार खोज्नुपर्ने बाध्यता छ’, ती नेताले बताए ।

काठमाडौं– ३ (क)बाट प्रदेश सांसद निर्वाचित छिरिङ दोर्जे लामाले यसपटक कांग्रेसमा संघीय सांसदको टिकट दाबी गरिरहेका छन् । विद्यार्थी राजनीतिबाट आएको र उक्त क्षेत्रमा राम्रो प्रभाव राख्ने भएकाले कांग्रेसमा धेरैले उनले चुनाव जित्न सक्ने विश्लेषण गरेका छन् । स्थानीय चुनावमा पनि आफ्नो क्षेत्रको वडा जिताउन राम्रो पहल गरेको भनेर पार्टीमा उनको प्रशंसा भएको सुनेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । 

गगनलाई एमसीसीको भारी

कांग्रेसभित्र र बाहिर उत्तिकै लोकप्रिय छवी बनाएका र चमत्कारिक नेतृत्वको आशा गरिएका युवा नेता गगन थापाको क्षेत्र हो काठमाडौं– ४ । 

यसअघि उनले उक्त निर्वाचन क्षेत्रमा एमाले (वाम गठबन्धन)का राजन भट्टराईलाई ३ हजार ४१८ मतले पराजित गरेका थिए । 

तर, यसपटक गगनलाई संघीय चुनावमा एमसीसीले अप्ठ्यारो पार्ने स्थानीय मतदाताको आशंका छ । विशेषगरी, प्रदेश निर्वाचन क्षेत्र (क)मा गगनसँग असन्तुष्टहरूको संख्या बढेको छ । 

गगन थापा

‘संसद्मा एमसीसी अनुमोदनका लागि गगनले जुन भूमिका निर्वाह गरे त्यसबाट प्रदेशको (क) निर्वाचन क्षेत्रका मतदातामा असन्तुष्टि देखिन्छ । उक्त क्षेत्रमा असाध्यै धेरै मेहनत गर्नुपर्ने अवस्था छ’, गगन थापानिकट रहेका कांग्रेसका एक नेताले बताए । 

विशेषगरी बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा गगन थापाले विशेष ध्यान दिएर मेहनत गरिरहेको कांग्रेसकै नेताहरू बताउँछन् ।

उक्त क्षेत्रमा भने एमालेका भट्टराईले नै टिकट दाबी गरिरहेका छन् । 

एमाले अध्यक्ष ओली निकटस्थ मानिने भएका कारण अहिलेकै अवस्था हुँदा भट्टराईले नै टिकट पाउने अवस्था रहेको एमाले नेताहरू बताउँछन् । 

भट्टराई अहिले एमालेमा विदेश विभाग प्रमुख छन् । 

ईश्वर पोखरेललाई स्वतन्त्र युवाको चुनौती 

काठमाडौं क्षेत्र नम्बर ५ बाट २०७४ सालमा ईश्वर पोखरेल विजयी भएका थिए । उनी अहिले एमालेको वरिष्ठ उपाध्यक्ष छन् । 

त्यसअघि २०५६ सालमा निर्वाचन प्रचारकै क्रममा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको निधन भएपछि ईश्वर पोखरेललाई सोही क्षेत्रमा उम्मेदवार बनाइएको थियो । त्यसबेला पनि उनले चुनाव जितेका थिए । 

२०६४ र २०७० सालमा भने पोखरेलले चुनाव हारेका थिए । त्यसबेला कांग्रेसका नरहरि आचार्य विजयी भएका थिए ।

२०७४ सालमा कांग्रेसले नेता डा. प्रकाशशरण महतलाई एमालेका नेता ईश्वर पोखरेलसँग भिडाएको थियो । तर डा. महतले करीब १० हजार मतान्तरले चुनाव हारे । 

ईश्वर पोखरेल

अहिले डा. महत काठमाडौंको क्षेत्र छाडेर आफ्नो गृहजिल्ला नुवाकोट फर्किने मनस्थितिमा रहेको चर्चा कांग्रेसभित्र छ । 

नुवाकोटमा उनका दाजु डा. रामशरण महतले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने प्रयासमा उनी रहेका कांग्रेस नेताहरू बताउँछन् । 

डा. महत काठमाडौं– ५ बाट उम्मेदवार हुँदा कांग्रेसकै कार्यकर्ता उनलाई हराउन लाग्ने अवस्था भएकाले पनि उनले निर्वाचन क्षेत्र सार्न लागेको कांग्रेसका एक नेताले बताए । 

टोखा नगरपालिकामा डा. महतकै कारण चुनाव हारेको कांग्रेसको स्थानीय कमिटीहरूको विश्लेषण छ । टोखामा कांग्रेस उम्मेदवार रजनी थापाले चुनाव हार्नुमा डा. महतको भूमिका रहेको कांग्रेसका स्थानीय कार्यकर्ता बताउँछन् । 

डा. महत भने टोखामा थापालाई उम्मेदवार बनाउने पक्षमा थिएनन् । तर, गगन थापाले हस्तक्षेप गरेर रजनी थापालाई उम्मेदवार बनाएका थिए । त्यसमा चित्त नबुझाएका महतले चुनावमा हराउन भूमिका निर्वाह गरेको स्थानीय कार्यकर्ता बताउँछन् । ‘उहाँले जो उम्मेदवार भए पनि कांग्रेसकै उम्मेदवार हो । जसरी पनि जिताउनुपर्छ मात्रै भनिदिनुभएको भए पनि चुनाव जित्ने अवस्था हुन्थ्यो । चुनाव जिताउन उहाँ (महत)को कुनै भूमिका भएन’, स्थानीय एक नेताले भने । 

डा. महत नुवाकोट फर्किएको अवस्थामा कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा नयाँ उम्मेदवार अघि सार्नुपर्ने हुन्छ ।

महत गृह जिल्ला फर्कने चर्चा भएपछि विद्यार्थी राजनीतिबाट आएका नैनसिंह महरले काठमाडौं– ५ मा राजनीतिक गतिविधि बढाएका छन् । 

‘उक्त निर्वाचन क्षेत्रका केही प्रतिष्ठित व्यक्तिहरूसँगको भेटघाट उहाँले बढाउनुभएको छ । तर, उहाँले नै टिकट पाइहाल्ने सम्भावना त्यति बलियो भने छैन । जो आए पनि उक्त क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवानिकटकै मान्छे आउँछन्’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने । 

यसअघि विवेकशील साझा पार्टीमा रहेकी रञ्जु दर्शनाले पनि उक्त क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । 

६ नम्बरमा भीमसेनदास नै बलियो दाबेदार

काठमाडौं क्षेत्र नम्बर ६ बाट यसअघि कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका थिए ।

उनले माओवादी केन्द्रका उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई १३ सय मतले पराजित गरेका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रले गठबन्धन गरेको थियो । 

उक्त निर्वाचन क्षेत्रमा अहिले पनि प्रधान नै सशक्त दावेदार रहेको कांग्रेसका नेताहरू बताउँछन् । केही गरी प्रधान उम्मेदवार नबन्ने अवस्था आउँदा अहिले नगर सचिव रहेका सुशन वैद्य पनि कांग्रेसबाट दाबेदार छन् । 

त्यसबाहेक, गत महाधिवेशनमा क्षेत्रीय सभापतिमा पराजित भएका कृष्णमान श्रेष्ठले पनि टिकटको दाबी गरिरहेका छन् । 

भीमसेनदास प्रधान

कांग्रेसको काठमाडौं जिल्ला सभापति सबुज बानियाँको निर्वाचन क्षेत्र पनि त्यही हो । उनी पनि संघीय संसद्को उम्मेदवार बन्ने लबिङमा रहेको कांग्रेसका नेताहरू बताउँछन् । तर, उनीहरू प्रदेश सभामा समेटिन सक्ने र अन्ततः प्रधान नै फेरि संघीय उम्मेदवार बन्ने अवस्था रहेको कांग्रेसका नेताहरू बताउँछन् ।

क्षेत्र नम्बर ७ मा पर्ख र हेरको अवस्था  

काठमाडौं क्षेत्र नम्बर ७ बाट अघिल्लो चुनावमा रामवीर मानन्धर संघीय संसद सदस्यमा निर्वाचित भएका हुन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापालाई पराजित गरेका थिए । त्यसबेला कांग्रेस र राप्रपाले काठमाडौं क्षेत्र नम्बर ७ मा तालमेल गरेका थिए । राप्रपालाई टिकट दिएको भनेर कांग्रेसका कार्यकर्ता असन्तुष्ट थिए । कतिपय कांग्रेसका कार्यकर्ता त्यसबेला भोट हाल्नै गएनन् । 

काठमाडौं क्षेत्र नम्बर– ७ मा रामवीरको राम्रो पकड छ । तर, स्थानीय तहको चुनावमा उनले एमाले उम्मेदवार केशव स्थापितलाई असहयोग गरेर हराउन भूमिका निर्वाह गरेको आरोप छ । एमालेले कुनै पनि बेला मानन्धरलाई कारवाही गर्न सक्ने एमाले नेताहरू नै बताउँछन् । 

रामवीर मानन्धर

एमालेले मानन्धरलाई कारवाही गरेको अवस्थामा उनी एकीकृत समाजवादी प्रवेश गरेर वा कांग्रेससँगै सहकार्य गरेर पनि उम्मेदवार बन्न सक्ने आंकलन एमालेभित्रै छ । त्यसकारण, रामवीरको व्यवस्थापन कसरी हुन्छ भन्ने कुरामा एमालेको उम्मेदवार को हुने भन्ने निर्क्यौल हुने अवस्था छ । यो निर्वाचन क्षेत्र एमालेका नेता कार्यकर्ताका लागि पर्ख र हेरको अवस्थामा छ । 

कांग्रेसमा भने प्रगतिमान रञ्जितले संसदीय चुनावको टिकटका लागि लबिङ थालेका छन् । १४ औं महाधिवेशनको क्रममा नगर सभापति हारेका उनी काठमाडौं क्षेत्र नम्बर ७ मा देउवा खेमाका बलियो दाबेदार हुन् । 

‘देउवा खेमामा काठमाडौंमा देखिने अनुहार उनी नै हुन् । देउवा सकारात्मक हुँदा उनले टिकट पाउन सक्छन्’, कांग्रेसका एक नेताले भने । 

जीवनराम भर्सेस सुमन

क्षेत्र नम्बर ८ मा अघिल्लो चुनावमा एमालेबाट जीवनराम श्रेष्ठले चुनाव जितेका थिए । तर, उनी अहिले एकीकृत समाजवादीमा छन् । 

सत्तारुढ गठबन्धनकै दलहरूबीच चुनावी तालमेल गर्दा उक्त क्षेत्र एकीकृत समाजवादीले दाबी गर्ने कुरा स्वाभाविक छ । त्यसो हुँदा गठबन्धनकातर्फबाट जीवनराम नै उम्मेदवार बन्ने अवस्था छ ।

गठबन्धन नभएको अवस्थामा कांग्रेसबाट सपना जोशीले टिकटको दाबी गर्न सक्ने कांग्रेसका नेताहरू बताउँछन् । अघिल्लो चुनावमा जीवनराम श्रेष्ठले कांग्रेसका नविन्द्रराज जोशीलाई ४ सय ४४ मतको अन्तरले पराजित गरेका थिए । 

जोशीको मस्तिष्कघातका कारण २०७७ चैतमा निधन भएको थियो । उनकी श्रीमती सपना जोशीले आगामी निर्वाचनमा टिकटको दाबी गर्न सक्ने कांग्रेसमा चर्चा छ ।

जीवनराम श्रेष्ठ

उनी कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएकी थिइन् । 

एमालेबाट चुनाव जितेका जीवनराम अर्को पार्टीमा गएपछि एमालेले भने नयाँ उम्मेदवारलाई ठाउँ दिन पाउने भएको छ । 

काठमाडौंको क्षेत्र नम्बर ८ स्वतन्त्र उम्मेदवार सुमन सायमीले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका उनलाई निर्वाचित मेयर बालेन्द्र साहको समेत समर्थन रहेको छ । 

मेयरको उम्मेदवार हुँदा करीब १३ हजार मत ल्याएका सायमीले संघीय संसद्को निर्वाचनका लागि तयारी थालिसकेका छन् ।  

कृष्णगोपाललाई चुनौती दिने ध्यानगोविन्द कि नानू बास्तोला 

क्षेत्र नम्बर ९ मा एमालेका सदाबहार उम्मेदवार हुन्, कृष्ण गोपाल श्रेष्ठ । एमालेको केन्द्रीय सदस्य रहेका उनी काठमाडौं जिल्लाका इञ्चार्ज पनि हुन् ।

अघिल्लो चुनावमा कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मतान्तरले पराजित गरेको श्रेष्ठ फेरि पनि उम्मेदवार बन्ने गरी तयारी गरिरहेका छन् ।

तर, कांग्रेसमा भने ध्यानगोविन्दलाई फेरि उम्मेदवार बनाउने कि नयाँ उम्मेदवार अघि सार्ने भन्नेबारे बहस शुरू भएको छ । उक्त बहसमा वैकल्पिक उम्मेदवारको नाम आएको छ, नानु बास्तोला ।

कांग्रेसको केन्द्रीय सदस्य रहेकी बास्तोला युवा र महिला भएका कारण पनि उम्मेदवार बनाउनुपर्ने चर्चा कांग्रेसमा कतिपयको छ ।

कृष्णगोपाल श्रेष्ठ

‘ध्यानगोविन्दलाई फेरि उम्मेदवार बनाउँदा जीत सहज नभएकाले अर्का उम्मेदवारको खोजी भइरहेको छ । तर, कालिमाटीदेखि स्वयम्भु क्षेत्रसम्म समेटिएको उक्त निर्वाचन क्षेत्रमा नेवारी समुदायकै मतदाता धेरै भएकाले बास्तोलाको उम्मेदवारी के हुन्छ अहिल्यै भन्न सकिँदैन’, कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

राजेन्द्र भर्सेस सुरेन्द्र 

काठमाडौं क्षेत्र नम्बर १० कांग्रेसको पकड क्षेत्र हो । त्यहाँ कांग्रेसका राजेन्द्रकुमार केसीले निरन्तर चुनाव जित्दै आएका छन् । 

२०७० को चुनावमा उनैले माओवादी अध्यक्ष प्रचण्डलाई पराजित गरेका थिए । २०७४ को चुनावमा एमाले माओवादी गठबन्धनका उम्मेदवार हितमान शाक्य उनै केसीसँग २२ सय ८३ मतले पराजित भएका थिए । 

कांग्रेसले अब पनि राजेन्द्रलाई नै उम्मेदवार बनाउने कांग्रेस नेताहरू बताउँछन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवारको लहर आएका बेला क्षेत्र नम्बर १० मा कांग्रेसबाट जित्ने उम्मेदवार नै राजेन्द्रकुमार केसी भएको कांग्रेसका नेताहरू बताउँछन् । 

राजेन्द्र केसी

उक्त क्षेत्रमा एमालेबाट टिकटको दाबी गरिरहेका व्यक्ति हुन्, सुरेन्द्र मानन्धर । एमाले विभाजन नहुँदा माधव नेपाल खेमामा रहेका मानन्धर पार्टी विभाजनमा साथ नदिएर एमालेमै रहेका थिए । तर, उनी एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न पाएका थिएनन् ।

एमाले अध्यक्ष ओलीसँग उनको खासै राम्रो सम्बन्ध छैन । तर, काठमाडौं क्षेत्र नम्बर–१० मा मानन्धरले संसदीय चुनावको तयारी गरिरहेको बताएका छन् । 

अघिल्लो चुनावमा उनको टिकट खोसेर गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई दिइएको थियो । तर, वामपन्थी गठबन्धनले अघिल्लो चुनाव जित्न सकेको थिएन ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका सन्दर्भमा आइतबार राजनीतिक र कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग परामर्श गर्ने भएका छन् ।  जेठ १७ देखि भारत भ्रमण गर्न लागेका प्रचण्डले भारतसँग उठाउने एजेण्डालगायतका विषयमा सिं...

जेठ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसेकाे छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठक मुख्यत प्रधानमन्त्रीको भारत...

जेठ १४, २०८०

प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ ।  बजेट आउने अघिल्लो दिन अर्थमन्त्रीले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने परम्पर...

जेठ १४, २०८०

विराटनगरमा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो । विराट...

जेठ १३, २०८०

आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नेकपा म...

जेठ १४, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– पशुपतिको जलहरी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x