चैत १२, २०७९
राजनीतिक अस्थिरता र सत्ताकेन्द्रित विकृत राजनीतिको पछिल्लो नमूना लुम्बिनी प्रदेशमा देखा परेको छ । मुख्यमन्त्रीलाई संविधान र कानूनले दिएको अधिकारतर्फ वास्तै नगरी कांग्रेस, माओवादीलगायतका दलहरूले नयाँ समीकरणका...
काठमाडाैं | असार २४, २०७९
सरकारले प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्ने तयारी गरेसँगै कास्कीमा राजनीतिक दलका नेताहरूले सक्रियता बढाउन थालेका छन् ।
निर्वाचन आयोगले मंसिर २ गतेका लागि चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिश गरेसँगै चुनाव लड्ने आकांक्षीहरूले सक्रियता बढाएका हुन् ।
पाँच वर्षअघि नेकपा एमालेको लालकिल्ला बनेको कास्कीमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन उसका लागि सोचेजस्तो रहेन ।
एमाले पुरानो विरासत जोगाउने रणनीतिमा छ भने कांग्रेस इतिहास रच्ने योजनामा अगाडि बढेको छ ।
२०७४ सालको निर्वाचनमा एमालेले प्रतिनिधि सभातर्फ कास्कीका तीनवटै क्षेत्रमा एकलौटी विजय हासिल गरेको थियो । यद्यपि उनीहरूलाई वाम गठबन्धनका रूपमा माओवादीको पनि साथ थियो ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा भने पाँच पालिकामध्ये एमाले दुईवटामा सीमित बन्न पुग्यो ।
पोखरा महानगरको मेयर नेकपा एसले जित्दा चारवटा गाउँपालिकामध्ये दुईवटा कांग्रेसले जित्यो ।
पोखरा महानगरमा मेयर नेकपा एसले जिते पनि बहुसंख्यक वडा कांग्रेसले जितेको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनमा देशभर माओवादीको पक्षमा आँधीहुरी आएको समयमा पनि कास्कीमा एमालेका दुई जनाले चुनाव जितेका थिए ।
संविधान सभा निर्वाचनमा पहिलो खाता खोलेका रवीन्द्र अधिकारीले त्यसपछिका दुईवटा निर्वाचन पनि जिते ।
हेलिकप्टर दुर्घटनामा परेर उनको निधन भएपछि कास्कीमा भएको उपनिर्वाचनमा रवीन्द्रपत्नी विद्या भट्टराईले चुनाव जितिन् ।
उनले सहानुभूतिको मत प्राप्त गरे पनि अब कास्कीको चुनावमा एमालेलाई रवीन्द्र अधिकारीको अभाव खड्किने अवस्था आएको छ ।
रवीन्द्रलाई साथ दिएका उनका समकक्षी धनराज आचार्य एमाले छाडेर नेकपा एसमा लागेका छन् ।
आचार्य पोखरा महानगरको मेयर निर्वाचित भएसँगै कास्कीमा एमालेको दबदबामा झट्का लागेको छ ।
पोखरा महानगरको नतिजाले आगामी प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष असर गर्नेछ ।
कास्कीका ३ निर्वाचन क्षेत्रमध्ये हरेकमा पोखरा महानगरपालिका ११–११ वटा वडा पर्छन् ।
स्थानीय तह चुनावको नतिजा बिर्सेर एमाले आफ्नो विरासत जोगाउने रणनीतिमा लागेको छ भने सत्ता गठबन्धन स्थानीय तह निर्वाचनको मनोविज्ञानका आधारमा प्रतिनिधि सभा निर्वाचनमा पनि एमालेलाई धक्का दिने योजनामा छ ।
जिल्लाका नेताहरू सत्ता गठबन्धनबीच केन्द्रमा हुने तालमेल कुरेर बसेका छन् ।
कांग्रेसमा संस्थापनइतरको बाहुल्यता रहेको कास्कीका जिल्लास्तरका नेताहरू तालमेलको पक्षमा देखिएका छैनन् । तालमेल गर्दा पनि कम्तिमा दुईवटा सीटमा दाबी नछाड्ने अडानमा छन् ।
‘कांग्रेसका जिल्ला स्तरका नेताहरू स्थानीय तहको चुनावमै तालमेलका लागि सहमत थिएनन्, महानगरको तालमेल केन्द्रबाटै भएका कारण नेकपा एसले मेयर पाएको हो,’ नेकपा एसका एक नेताले भने ।
चुनावको मिति घोषणा नहुदै दलका आकांक्षीहरूले टिकटका लागि लबिङ शुरू गरिसकेका छन् । स्थानीय तबरमा माहोल बनाउनेदेखि केन्द्रमा नेताहरूसँग लाइन मिलाउन नेताहरू दौडधूपमा लागिसकेका छन् ।
क्षेत्र नम्बर १ मा किशोरदत्त र खगराजको भिडन्त
कास्की क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट बहालवाला सांसद खगराज अधिकारी नै उम्मेदवार बन्ने सम्भावना छ । नेकपा एमालेको संगठन विभागको प्रमुख रहेका अधिकारी अध्यक्ष केपी ओलीका प्रियपात्र हुन् । उनलाई बाइपास गरेर अर्कोले टिकट पाउने सम्भावना क्षीण छ ।
प्रतिनिधि सभा विघटनपछि केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा अधिकारीलाई गृहमन्त्री बनाइएको थियो । तर सर्वोच्च अदालतले उनको मन्त्री पद १३ दिनमै खारेज गरिदिएको थियो ।
अधिकारी नउठेको अवस्थामा एमालेबाट बयनबहादुर क्षेत्रीले टिकट पाउने सम्भावना छ । चुनाव जित्नका लागि खगराज नै उठ्नुपर्ने आवाज तलबाट आएको एमालेका एक जिल्ला स्तरीय नेताले बताए ।
कास्की– १ मा नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति किशोरदत्त बराल उठ्ने सम्भावना प्रबल छ । मतदाताले नयाँ र फ्रेस उम्मेदवार खोजेकाले पार्टीका जिल्ला सभापति बराल नै उम्मेदवार बन्ने कांग्रेसका एक नेताले बताए ।
बरालसँगै यज्ञबहादुर थापा र कृष्णप्रसाद केसी पनि आकांक्षी देखिएका छन् । थापा २०७४ सालको चुनावमा एमालेसँग पराजित भएका थिए ।
राष्ट्रिय शिक्षक संगठनको उपाध्यक्ष भइसकेका बरालले टिकट पाउने सम्भावना धेरै रहेको कांग्रेसका नेताहरू बताउँछन् ।
कास्की– १ मा नेकपा एसले पनि उम्मेदवार उठाउने तयारी गरेको छ । एसका तर्फबाट स्थायी कमिटी सदस्य चूडामणि जंगली र पोलिटब्युरो सदस्य श्रीनाथ बराल आकांक्षी छन् ।
जंगलीले प्रतिनिधि सभाको टिकट पाए भने बराल प्रदेशमा बस्न सक्छन् । माओवादी केन्द्रले भने गठबन्धन कसरी बन्छ, सोही आधारमा उम्मेदवार तय गर्ने बताएको छ ।
चुनावमा हारजीत जे भएपनि प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाउँदा समानुपातिकतर्फ पार्टीलाई धेरै भोट आउने भएकाले माओवादी र एसले सकेसम्म धेरै क्षेत्रमा उम्मेदवार उठाउने रणनीति बनाएका छन् ।
कास्की– २ मा एमालेबाट विद्या, कांग्रेसमा आकांक्षी धेरै
कास्की– २ मा नेकपा एमालेका तर्फबाट बहालवाला सांसद विद्या भट्टराईले टिकट पाउने लगभग निश्चित छ । रवीन्द्र अधिकारीले लगातार तीनवटा चुनाव जितेको कास्की– २ मा भएको उपनिर्वाचनमा विद्या विजयी भएकी थिइन् ।
‘स्थानीय कार्यकर्ताको माग विद्या भएकाले उहाँले टिकट पाउनेमा द्विविधा छैन,’ कास्की एमालेका एक नेताले भने ।
प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ पनि ३३ प्रतिशत कोटा छुट्ट्याउनु पर्ने लबिङ महिला नेत्रीहरूले शुरू गरेका छन् । दलहरूलाई केही क्षेत्रमा प्रत्यक्षतर्फ महिलालाई उठाउनु पर्दा विद्या सशक्त उम्मेदवार हुन् ।
कथंकदाचित उनी समानुपातिकमा बस्ने अवस्थामा रश्मी आचार्य एमालेका तर्फबाट उम्मेदवारको दाबेदार रहने नेताहरू बताउँछन् ।
कास्की– २ मा चुनाव लड्न नेपाली कांग्रेसका तर्फबाट पाँचजना आकांक्षी देखिएका छन् । नेपाली कांग्रेसका तर्फबाट गुरुप्रसाद बराल, बिन्दुकुमार थापा, देवराज चालिसे, वीरेन्द्र बिजुक्छें र विश्वशंकर पालिखेले चुनाव लड्न आकांक्षा देखाएका छन् ।
प्रदेश सभा सदस्य एवं प्रदेश सरकारको मन्त्री रहेका बिन्दुकुमार थापाले पोखराको मेयरका लागि आकांक्षा देखाएका थिए । तालमेल गर्दा पोखरा नेकपा एसको भागमा परेपछि उनी पछि हटेका थिए ।
नेकपा एसको बलियो प्रभाव रहेको यो क्षेत्रमा एसबाट तुलबहादुर गुरुङ उम्मेदवार बन्ने सम्भावना छ ।
कास्कीमा चुनावी तालमेल भयो भने एसले यही क्षेत्रमा दावी गर्ने बताएको छ । ‘निर्णायक मतदाता रहेको महानगरको मेयर नै हामीले जितेका कारण प्रतिनिधि सभाको कम्तिमा एक सीटमा हाम्रो दाबी छ,’ एसका पोलिटब्युरो सदस्य विश्वकर्माले भने ।
कास्की– ३ मा माओवादीको दाबी
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रदेशका केही सिटमा चित्त बुझाएको माओवादीले प्रतिनिधि सभामा कास्कीमा एक सीट पनि दाबी गरेको थिएन । यसपटक प्रतिनिधि सभाको एक सीटमा सशक्त दाबी रहने माओवादीले बताएको छ ।
कास्की ३ मा विगतमा नेकपा एमालेका जगत सुनार विजयी भएका थिए । एमालेका तर्फबाट एकजना आकांक्षी सुनार पनि हुन् । उनका अतिरिक्त सीता गिरी वली, पुण्य पौडेल र दामोदर बैरागीले समेत चुनाव लड्न आकांक्षा देखाएका छन् । सीता गिरी संविधान सभामा प्रत्यक्ष निर्वाचित भएर आएकी थिइन् ।
नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र त्रिपाठी, मनोज गुरुङ र दीपक गुरुङले पनि चुनाव लड्ने आकांक्षा देखाएका छन् । मनोज तरुण दलका क्षेत्रीय सभापति हुन् ।
कास्कीका तीन क्षेत्रमध्ये माओवादी केन्द्रको तुलनात्मक रूपमा यो क्षेत्रमा राम्रो छ । माओवादीले यो क्षेत्रमा दाबी गरेको छ । हाल प्रदेश सभा सांसद रहेका रामजी बराल र पहिलो संविधान सभामा निर्वाचित राजकाजी गुरुङ आकांक्षी हुन् ।
कास्की– ३ मा नेकपा एसले कृष्ण नेपालीलाई उठाउने सम्भावना छ । विकल्पमा प्रेम पौडेलको नाम पनि चर्चामा छ ।
काठमाडौंपछिको ठूलो शहर पोखरामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र केही स्वतन्त्र व्यक्तिले समेत उम्मेदवारी दिने तयारी गरेको चर्चा छ ।
यस्तो थियो विगतको चुनावी अंकगणित
स्थानीय तह निर्वाचनको नतिजाले कास्कीको राजनीतिक समीकरणमा फेरबदल ल्याइदिएको छ ।
२०७४ सालमा एमाले र माओवादीबीच चुनाव तालमेल हुँदा अधिकांश क्षेत्रमा वामपन्थी गठबन्धनको लहर आएको थियो । प्रतिनिधि सभाका तीनवटै सीटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।
कास्की– १ मा एमालेका खगराज अधिकारीले ३९ हजार २ सय ४२ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८ सय २६ मत पाएका थिए ।
क्षेत्र नम्बर २ मा एमालेका रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत पाउँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
२०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका थिए ।
क्षेत्र नम्बर ३ मा एमालेका जगतबहादुर विश्वकर्माले ३२ हजार ६ सय ९० मत पाउँदा नेपाली कांग्रेसका शुक्रराज शर्माले २४ हजार १ सय ६४ मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल राजनीतिक समीकरण परिवर्तन भएसँगै जनमतमा व्यापक परिवर्तन आएको दावी गर्छन् ।
महानगरका ३३ मध्ये २३ वडामा कांग्रेस विजयी भएकाले आफूहरूको प्रभाव बढेको उनले दाबी गरे ।
‘अहिलेसम्म चुनावी तालमेलको बारेमा छलफल भएको छैन, तालमेल हुँदा गठबन्धनका दलहरूसँग मिलेर सीट बाँडफाँड हुन्छ,’ बरालले लोकान्तरसँग भने ।
कांग्रेसको रणनीति सहयात्री दललाई प्रदेश सभामा धेरै सीट दिएर भएपनि प्रतिनिधि सभामा सकेसम्म तीनवटै सीटमा दाबी गर्ने छ ।
महानगरको मेयर जितिसकेको नेकपा एसले कांग्रेस तालमेलमा सहमत नभए गठबन्धनका अन्य दलहरूसँग मिलेर उम्मेदवारी दिने रणनीति बनाएको छ ।
पढ्नुहोस्, यसअघिका भागहरू :
राजनीतिक अस्थिरता र सत्ताकेन्द्रित विकृत राजनीतिको पछिल्लो नमूना लुम्बिनी प्रदेशमा देखा परेको छ । मुख्यमन्त्रीलाई संविधान र कानूनले दिएको अधिकारतर्फ वास्तै नगरी कांग्रेस, माओवादीलगायतका दलहरूले नयाँ समीकरणका...
एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्र...
चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार विस्तारका लागि निर्णायक छलफलमा जुटेका छन् । आफूलाई समर्थन गर्ने दललाई सरकारमा हिस्सा दिने तयारीमा रहेका प्रचण्डले मन्त्रालयको...
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहावको सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आह्वान गरेको छ । शनिवार पत्रिका सूचना प्रकाशित गर्दै महानगरपालिकाले नदी कोरिडोरको सार्...
संघ तथा अन्य प्रदेशमा सत्ता समीकरण फेरबदल भइरहँदा कोशीमा भने अप्ठ्यारो संसदीय गणितका कारण अन्योलको स्थिति उत्पन्न भएको छ । संघमा हालै बनेको सत्ता समीकरणलाई आधार मान्दा दुवै पक्षमा बहुमत नपुग्ने देखिएपछि कोशी...
राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आगामी चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनसँग भएको सहमति र अदालतको आदेशअनुसार क्याम्पस प्रशासनले चैत १८ गते निर्वाचन गराउने गरी मिति तोकेको हो...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...