×

X
Nic Asia
Marvel
Khukuri

प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी

नवलपरासीको रोचक चुनावी चर्चा– ५ पटक जितेका हृदयेशको प्रतिस्पर्धी विनोद चौधरी !

काठमाडाैं | साउन १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

दलहरू आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित हुन थालेका छन् । चुनावको नतिजा कस्तो आउला भनेर चासो र लेखाजोखा सहितको अनुमान गर्न थालिएको छ ।

DHARA
LAxmi BAnk

आफू निरन्तर प्रतिस्पर्धा गर्दै आइरहेको क्षेत्रमा गठबन्धनको नाममा अन्य उम्मेदवारलाई रोक्ने प्रयास समेत नेताहरूले गरिरहेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

त्यहीँ दौडमा छ, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लाको राजनीतिक । जिल्लामा प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ वटा निर्वाचित क्षेत्र छन् ।

पश्चिम नवलपरासीमा आउँदो निर्वाचनमा उद्योगी/अर्बपति विनोद चौधरी उम्मेदवार बनेर आउने चर्चा छ । जिल्लाको १ नम्बर क्षेत्रबाट चौधरीको ‘इन्ट्री’ हुने हल्लाले जिल्लाको कांग्रेसको राजनीति तरङ्गित छ ।


Advertisment
Bizbazar
Saurya island

यस क्षेत्रबाट यसअघि २०७४ सालमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जितेका थिए ।

सूर्य चिह्न लिई नेकपा एमालेको साथ लिएर उनले कांग्रेसका नेता देवकरणप्रसाद कलवारलाई ५ हजार १ मतान्तरले पराजित गरेका थिए । 

Vianet communication
IME BANK INNEWS

त्रिपाठीले ३८ हजार ५९२ मत ल्याउँदा देवकरणले ३३ हजार ५९१ मत मात्र ल्याएका थिए । त्रिपाठीले राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी स्वतन्त्र उम्मेदवारको हैसियतमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए ।

त्रिपाठीले २०४८, २०५१, २०५६, २०६४ र २०७४ साल गरी ५ पटक नवलपरासीबाट चुनाव जितेका छन् । एकपटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा त्रिपाठी कांग्रेसका नेता देवकरणसँग पराजित हुन पुगेका थिए ।

यस क्षेत्रमा जनता प्रगतिशील पार्टीबाट त्रिपाठी र सत्ता गठबन्धनबाट कांग्रेसका देवकरण वा चौधरी उम्मेदवार हुने चर्चा छ । त्रिपाठीसँग प्रतिस्पर्धा गर्न चौधरीले आउने चर्चाले जिल्लाको निर्वाचनमा तरङ्ग ल्याएको छ ।

कांग्रेसको एउटा समूह आगामी निर्वाचनमा देवकरणलाई समानुपातिकमा पठाएर विनोद चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाई जिल्लाको विकास गर्नुपर्ने ‘लबिङ’ केन्द्रमा गरिरहेको छ । 

एमालेबाट जिल्ला अध्यक्ष दीपेन्द्रकुमार अधिकारी उम्मेदवारका दाबेदार छन् । उनी अहिले लुम्बिनी प्रदेश सांसद पनि हुन् । एमाले पश्चिम नवलपरासीका उपसचिव राजनकुमार आचार्यले अधिकारीलाई १ नम्बर क्षेत्रबाट प्रतिनिधि सभातर्फ अगाडि सार्नेबारे छलफल भइरहेको बताए । 

जनता प्रगतिशील पार्टीका जिल्ला संयोजक राधेरमण पाण्डेले १ नम्बर क्षेत्रबाट आउँदो निर्वाचनमा पनि त्रिपाठी नै उम्मेदवार हुने बताए ।

‘हामी यसपटक पनि तालमेल गरेर निर्वाचनमा जाने हो,’ पाण्डेले लोकान्तरसँग भने, ‘हाम्रो संगठन बलियो नभए पनि उहाँ (त्रिपाठी) को व्यक्तिगत प्रभावले नै निर्वाचन जित्ने हो । हामीले सकेसम्म एमालेसँगै तालमेल गरेर अगाडि बढ्छौं । एमालेसँग भएन भने गठबन्धनसँग पनि छलफल गर्छाैं ।’ प्रदेशसभा क्षेत्र नम्बर १(१) मा एमालेका अधिकारी र १(२) मा सूर्य चिह्न लिएका अजय शाही विजयी भएका थिए । 

अधिकारीले २० हजार ५०६ र शाहीले १९ हजार ३३३ मत पाएका थिए । अधिकारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रम खनालले १८ हजार ५०२ र शाहीका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुकुलकुमार आचार्यले १२ हजार ६०३ मत पाएका थिए । शाही अहिले लुम्बिनी प्रदेशका वाणिज्य तथा आपूर्ति मन्त्री छन् । 

नवलपरासीको २ नम्बर क्षेत्रमा यस पटक पनि कांग्रेसबाट केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल दोहोरिएर उम्मेदवार बन्ने तयारीमा देखिन्छन् । उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन् । उनी यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

कंडेलले नेकपा माओवादी केन्द्रका घनश्याम यादव ‘अहिर’लाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । कंडेलले ३४ हजार १३० मत ल्याउँदा यादवले जम्मा २३ हजार ८९८ मत मात्र ल्याउन सकेका थिए । माओवादी केन्द्रबाट अहिले पनि यादव दाबेदार छन् । माओवादीले गठबन्धन भए प्रतिनिधि सभातर्फ एउटा क्षेत्रमा आफूहरूले पाउनुपर्ने बताउँदै आएको छ । एमालेले यो क्षेत्रबाट बैजनाथ चौधरीलाई अगाडि सार्ने देखिन्छ । बैजनाथ एमाले लुम्बिनी प्रदेशका सहइन्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुन् । क्षेत्र नम्बर २(१) मा चौधरी र २(२) मा कांग्रेसका बैजनाथ कलवारले जितेका थिए ।

बैजनाथ चौधरीले २० हजार ९०७ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका गुणनिधि तिवारीले १७ हजार ११६ मत पाएका थिए । क्षेत्र नम्बर २(२) मा  कांग्रेसका बैजनाथ कलवार १४ हजार ५१५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी राजपाका नगेन्द्र अग्रहरिले १० हजार ४३६ मत पाएका थिए ।

नेपाली कांग्रेस जिल्ला सभापति अर्जुन पोखरेलले २ नम्बर क्षेत्रमा आउँदो निर्वाचनमा पनि देवेन्द्रराज कंडेल नै उठ्ने सम्भावना बढी रहेको बताए । ‘१ नम्बर क्षेत्रमा विनोद चौधरीको कुरा हाम्रो हातको कुरा होइन, सिधै पार्टी सभापतिले टिकट दिए हुने कुरा हो,’ पोखरेलले लोकान्तरसँग भने, ‘तर जिल्लाकै नेता छाडेर नयाँ नेता आउँदा जनतामा विश्वास कम, अन्तर्घात बढी हुन्छ ।’

पार्टीले अगाडि सारे आफू पनि यसपटक निर्वाचन लड्ने सोचमा रहेको नेता पोखरेलले चाहना व्यक्त गरेका छन् । 

गत स्थानीय तह निर्वाचनमा जिल्लाका ७ स्थानीय तहमध्ये ३ वटामा कांग्रेस, ३ वटामा एमाले र १ वटामा माओवादी केन्द्रले जीत निकालेका छन् । जिल्लामा मधेशवादी दलहरूको प्रभाव पनि छ । जसले आउँदो निर्वाचनको मतपरिणामलाई सोचेभन्दा फरक पनि पार्नसक्ने एमाले नेता आचार्यले लोकान्तरसँग बताए ।

पढ्नुहोस्, यसअघिको भागहरू :

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्‍याएका छन् । नेपालीह...

असोज १८, २०७९

दशैं उत्साहले शहरदेखि गाउँसम्म रोमाञ्चित छ । दशैं मनाउन धेरैजसो शहरबाट गाउँ फर्किएका छन् । सधैं कोलाहलयुक्त हुने राजधानी काठमाडौंका गल्ली र मूल सडकहरू सुनसानप्रायः हुन थालेका छन् । परदेशबाट स्वदेश र ...

असोज १९, २०७९

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनब...

असोज १८, २०७९

दशैंको महानवमीका दिन मंगलवार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । मंगलवारको वर्षाले गर्दा दशैंका क्रममा मानिसहरूलाई आवतजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मन...

असोज १९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका र अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानक...

असोज १९, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा २ र सिरहा ४ मा सत्ता गठबन्धनमा रहेका दलहरूले गठबन्धन नगर्ने भएका छन् ।  उनीहरूले मैत्रीपूर्ण रुपमा चुनावी प्रतिस्पर्धा गर्ने समझदारी भएको गठबन्धन स्रोतले ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x