×

NMB BANK
NIC ASIA

जनप्रतिनिधिहरूलाई देउवाको निर्देशनः आगामी निर्वाचनमा पार्टी जिताउने गरी लाग्नुहोस्

साउन ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आगामी संसदीय निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने गरी लाग्न निर्देशन दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई ठूलो दल बनाउन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् । 

Muktinath Bank

पार्टीको केन्द्रीय नीति तथा अनुसन्धान विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनावमा कांग्रेसलाई विजयी बनाउन जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले पार्टीको पक्षमा समर्थन जुटाउने काममा लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । लोकतन्त्रमा जनताभन्दा ठूलो अरू कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गएको स्थानीय तहको निर्वाचनमा गठबन्धनकै कारण कांग्रेसलाई सफलता मिलेको स्मरण गरे । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि गठबन्धन गर्ने बारेमा छलफल भइरहेको जनप्रतिनिधिहरूलाई जानकारी दिएका थिए । ‘गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेका हौँ । फेरि गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छौँ’, उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको मन जित्ने काम गर्नुपर्दछ । जुन ठाउँमा जनताका मन जितिएको छ, कामहरू भएका छन् त्यहाँ एक्लै चुनाव लड्दा पनि सफलता पाएका छौँ ।’ 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले एमसीसीबारेको भ्रम निवारण गर्न सफल भएको दाबी गरेका छन् । ‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ । कोभिडबाट जनताको जीवनलाई सहज बनाउने चुनौती थियो । त्यस्तै देशमा सुशासन, लोकतान्त्रिक मूल्यमान्यता र संविधानको भावना अनुसार देशको शासन सत्ता चलाउने चुनौती पनि थियो । एमसीसीबारे व्यापक भ्रम सिर्जना गरिएको थियो’ उनले भने, ‘ती सबै समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको छ ।’ 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x