२९ जेठ २०८३, शुक्रबार

एम्बुलेन्समा राखेर गाँजा ओसार–पसार, प्रहरीद्वारा ९० केजी गाँजा बरामद

एम्बुलेन्समा राखेर गाँजा ओसार–पसार, प्रहरीद्वारा ९० केजी गाँजा बरामद

बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध गाँजा ओसारपसार गर्ने गरेको भेटिएको छ । प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको लहान नगरपालिका १ बाट गाँजा बोकेको एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । 

सोमवार राति चेकजाँचका क्रममा को १ च ७५७७ नम्बरको एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा लुकाई राखेको गाँजा प्रहरीले फेला पारेको हो । पाँचवटा बोरामा करिब ९० केजी गाँजा र २८ हजार रुपैयाँ नगदसमेत फेला परेपछि प्रहरीले चालक सिराहा धनगढीमाई नगरपालिका ९ बस्ने २९ वर्षीय सरोज लामालाई नियन्त्रणमा लिएको छ । 

घटनाका विषयमा इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्