१६ असार २०८३, मंगलबार

दश लाख बराबरको यार्सागुम्बा बरामद

दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा इलाकाबाट सशस्त्र प्रहरीले यार्सागुम्बा बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको करिब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा प्रहरीले बरामद गरेको हो । 

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै यार्सागुम्बा छाडेर भागेको प्रहरीले जनाएको छ । बरामद यार्सागुम्बा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्