
निहारिका राजपुत प्रकरणमा मुछिएका शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको हो ।
निहारिकाले आफू बलात्कृत भएको र त्यसमा श्रेष्ठ संलग्न रहेको भन्दै न्यायका लागि निरन्तर आन्दोलन गर्दै आएकी छन् । निहारिकाले आफूले न्याय नपाएको भन्दै केही दिनअघि राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् भने सो प्रकरणपछि उनलाई न्याय दिलाउन राष्ट्रपतिले समेत चासो दिएकी थिइन् ।
निहारिका प्रकरण बल्झिँदै गएपछि मंगलबार साँझ धनुषा प्रहरीको टोलीले उनलाई नियन्त्रण लिएको हो । प्रहरी प्रवक्ता टेकप्रसाद राईले उनी पक्राउ परेको पुष्टि गरेपनि थप खुलाएनन् । आरोपी श्रेष्ठले भने आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।