
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू झापाबाटै उम्मेदवारी उठ्ने बताएका छन् ।
बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै महामन्त्री शर्माले 'प्रेम उता, घरजम यता' हुने कुरै नभएको समेत बताएका छन् ।
उनले काठमाडौं ५ मा चुनाव उठ्ने चर्चा चलेपछि यसको खण्डन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,'काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्ने छु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।'
फेरि प्रस्ट्याउँ - वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो l तर मान्छे म मेची र निन्दा किनारकै हो !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 17, 2022
काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै l तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु l प्रेम उता घरजम यता कुरै हुन्न l