०५ साउन २०८३, मंगलबार
नागरिकता विधेयक

कांग्रेस सांसदले गरिन् राष्ट्रपतिको कदमको स्वागत, एमालेले गर्‍यो टेबुल ठोकेर समर्थन

कांग्रेस सांसदले गरिन् राष्ट्रपतिको कदमको स्वागत, एमालेले गर्‍यो टेबुल ठोकेर समर्थन

सत्तारुढ नेपाली कांग्रेसकी एक सांसदले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेकी छन् । दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगरेको उनले बताइन् । 

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद पार्वता डीसी चौधरीले राष्ट्रपतिको कमदमको सम्मान गर्नुपर्ने बताएकी हुन् । 

‘राष्ट्रपतिमाथि धेरै टिका टिप्पणी गर्नु उपयुक्त होइन । नागरिकता विधेयक जसरी आएको छ, सत्तापक्षको भएकाले समर्थन गरेकी छु । तर, व्यक्तिगत आत्माले ठीक मानेको छैन । सबै नागरिक आन्दोलित छन् । पाँच महिनापछि नयाँ सदन आउँछ । अहिले ल्याउनुपर्ने के हतारो थियो ?’, उनले प्रश्न गरिन् । 

विधेयकमा रहेको वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सोचनीय रहेको उनले बताइन् । ‘जो आए पनि दिने भए विज्ञापन खोल्दिउँ’, उनले भनिन् । 

पार्टी सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्यमा नियुक्त गर्दा आफू नपरेको भन्दै चौधरीले मंगलवार कांग्रेस त्याग्ने घोषणा गरेकी थिइन । ‘राष्ट्रभन्दा ठूलो मेरो पार्टी होइन म होइन । हामीहरू पार्टीभन्दा माथि उठेर बोल्नुपर्छ राष्ट्रपतिले पठाएको ठीक छ, उहाँको सम्मान गर्नुपर्छ’ उनले भनिन् । 

कांग्रेस सांसदले राष्ट्रपतिको कदमको समर्थन गर्दा एमाले सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्