काठमाडौँ, १५ साउन- निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन इच्छुक दललाई ११ भदौभित्र दल दर्ता गर्न आग्रह गरेको छ । असार मसान्तसम्म दर्ता भएका दलले मात्रै पुनः निवेदन दिई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पाउनेछन् । त्यसरी निवेदन दिँदा प्रदेश सभा र प्रतिनिधिसभा कुनमा सहभागी हुन चाहेको हो ? खुलाएर निवेदन दिनुपर्ने आयोगको भनाइ छ ।

दल दर्ताका लागि निवेदन दिने क्रममा दलहरूले ०७३-७४ मा लेखापरीक्षण विवरणसहित दलको विधान र घोषणापत्रसमेत पेस गर्नुपर्नेछ । साथै, केन्द्रीय समिति र पदाधिकारीको संख्या, दलले लिन चाहेको निर्वाचन चिह्नको नमुनासमेत पेस गर्नुपर्ने आयुक्त इला शर्माले जानकारी दिइन्, नयाँ पत्रिकामा खबर छ ।