०४ असार २०८३, बिहीबार

रौतहटमा ‘लौण्डा डान्स’ गर्ने सई राजकिशोर शाहलाई कारबाही

रौतहटमा ‘लौण्डा डान्स’ गर्ने सई राजकिशोर शाहलाई कारबाही

‘लौण्डा डान्स’ गर्ने प्रहरी नायब निरीक्षक (सई) राजकिशोर साह कारबाहीमा परेका छन् । रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुर चौकी इन्चार्ज सई शाहलाई समाजमा खलल पुग्ने खालको नृत्य गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरुप जनकपुर गणमा सरुवा गरेको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । 

‘प्रहरी आचारणविरुद्धको काम गरेका कारणले उनलाई कारबाहीस्वरुप जनकपुर तानिएको छ,’ डीआईजी राईले लोकान्तरसँग भने ।

शाहले गढीमाईमा भएको एक कार्यक्रममा भोजपुरी अश्लील गीतमा प्रहरीको बर्दीमै नृत्य गरेको भिडियो सार्वजनिक भएको थियो । यो नृत्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले बर्दी लगाएर आफू घोडा बनेर एक महिलाको रूप धारण गरेका पुरुषलाई आफूमाथि चढाएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्