११ साउन २०८३, सोमबार

प्रतिनिधिसभा सदस्य गिरीको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभा सदस्य गिरीको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको सोमवारको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । 

२००६ सालमा सिरहाको बस्तीपुरमा जन्मिएका प्रतिनिधिसभाका सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा गत शनिवार राति साढे ९ बजे निधन भएकोमा राष्ट्रियसभाले गहिरो शोक प्रकटसमेत गरेको छ ।  

दिवंगत गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सदस्य थिए ।

बैठकले दिवंगत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदनासमेत प्रकट गरेको छ । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ १२ गते अपराह्न १ बजे बस्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्